back
NMB ad

सौर्य उर्जाबाट चल्यो प्लेन, विश्वयात्रामा निस्कियो, भारत आइपुग्दै !

Kumari bank ad

सौर्य उर्जाबाट मात्र चल्ने संसारकै पहिलो सोलर इम्पल्स–२ गत सोमबार युएइको अबुधाबिबाट उडेको छ। गत सोमबार बिहान सौर्यउर्जाबाट चल्ने सो प्लेन युएइको अबुधाबीबाट पृथ्वीलाई एक फन्को लाउने यात्रामा निस्केको हो । इतिहासमा नै पहिलोपटक तेलको प्रयोगविना चल्ने कुनै पनि प्लेन पहिलो पटक उडेको हो।

अबुधाबीबाट उडेको यो प्लेनले यात्राका क्रममा १० घण्टामा ओमानस्थित मस्कट पुगेको छ। प्लेन म्यान्मार, भारत, हवाई, चीन, न्युयोर्क सम्म पुगेर पुनः अबुधाबीमै फर्कने छ। सोलर इम्पल्स–२ लार्इ बनाएका पाइलट आन्द्रे बोर्सबर्गले यो एक सिटे प्लेनलार्इ अल बतिन एयरपोर्टबाट उडाएर यात्रामा निस्केका हुन् । पंखामा सोलार प्यानल जोडिएको यो प्लेन दुबै पाइलटले १२ चरणमा उडाउने कार्यक्रम छ ।

विश्व यात्राका क्रममा यो प्लेनलार्इ बनाउने अर्का पाइलट बरट्र्यान्ड पिकार्डले पनि उडाउने छन् । स्विट्जरल्यान्का यी दुबै पाइलटका अनुसार तेल प्रयोगबाट हुने प्रदुषण रोकी वातावरण सफा बनाउनका लागि जनचेतना फैलाउन यो प्लेन बनाइएको हो । यसको प्रयोगवाट अआकास सफा हुने र मानव जातिले आकाशमा गरेका हवाइ प्रदुषण कम हुने विश्वास लिइएकोछ।

लाइटवेट सोलर इम्पल्स–२ पाँच वर्षसम्म उडान भरिसकेको सिंगल सिटे प्रोटोटाइपको ठूलो रुप हो । यो कार्बन फाइबरबाट बनेको छ । यसमा लामो समयसम्म सौर्य उर्जा बचत गर्ने शक्तिशाली ब्याट्री लगाइएको छ । जसले प्लेनलार्इ उडान भर्दा उर्जा दिने काम गर्छ । सोलर ब्याट्री लिथियम पोलिमर ब्याट्रीबाट रिचार्ज हुन्छ । कम्पनीका अनुसार यो प्लेन ७२ मिटर लामो छ । जुन बोइङ ७४७ भन्दा लामो हो । यो प्लेनको तौल एउटा कारको बराबर करिब २३ सय किलो रहेको छ ।

यो प्लेनलार्इ अघिल्लै साल अप्रिलमा सार्वजनिक गरिएको थियो । त्यसपछि गत जुनमा यसलार्इ पहिलो पटक पश्चिमी स्विट्जरल्यान्मा दुर्इ घण्टा १७ मिनेटसम्म उडाइएको थियो । आबुधाबीबाट ओमान पुगेपछि यो प्लेन भारत आउनेछ ।

दुर्इ ठाउँमा रोकिएपछि यो प्लेन चीनका लागि उड्ने छ । यात्रका क्रममा प्लेन प्रशान्त र एटलान्टिक महासागर पनि पार गर्नेछ । दुबै पाइलटहरु विश्व यात्रामा निस्केको सोलार प्लेन लिएर जुलाईको अन्तिम या अगस्टमा आबुधावी फर्कने अपेक्षा गरिएको छ ।

१७ साउन २०७३, ९।००, बिजमाण्डु

वि.सं.२०७३ साउन १७ सोमवार ११:१२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...