back
NMB ad

दुई करोडमा निस्कदैछ फोहोरबाट बायोग्यास, केही दिनमै सुरु हुने !

Kumari bank ad

काठमाण्डौं । जैविक फोहरको व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले सुरु गर्न लागेको बायोग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ ।

भारतबाट ल्याउन लागिएको बायोग्यास उत्पादन गर्ने प्रविधि आइपुगेको केही दिनमा बायोग्यास निकाल्न सुरु गरिने महानगरपालिका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए । मुलुकलाई आगामी दुई वर्षभित्र विद्युत्भार कटौती मुक्त बनाउने योजनाअनुरुप महानगरपालिकाले यस्तो कार्यक्रम अघि सार्न लागेको तामाङको भनाइ छ ।

युरोपेली सङ्घ र महानगरपालिकाले ‘पाइलट प्रोजेक्ट’का रूपमा फोहरबाट ग्यास उत्पादन गर्न लागेको हो । जसमा युरोपेली सङ्घको ८० र महानगरपालिकाको २० प्रतिशत लगानी रहने छ । यसका लागि करिब दुई करोड लागत लाग्ने बताइएको छ ।

टेकुको ‘ट्रान्सपोर्ट एक्सन स्टेसन’मा दुई डाइजेस्ट प्लान्ट राखिने छ । सो प्लान्टमा दिनहुँ तीन टन फोहरबाट २५० एमक्यु ९करिब ९६ किलो० ग्यास, २०० किलो मल र एक हजार ५०० लिटरदेखि तीन हजार लिटरसम्म पानी उत्पादन हुने छ । करिब ९६ किलो ग्यासबाट कम्तीमा १४ किलोवाट बिजुली उत्पादन गर्न सकिन्छ ।

उत्पादन भएको ग्यास सिलिन्डरमा भर्न समस्या हुने भएकाले बिजुली निकाल्न लागिएको हो । यस कार्यको जिम्मा राज एन्ड रिवाज सप्लायर्स प्रालि, नेप्लिज वेस्ट र सिवान जेभीले पाएका छन् । कम्पनीले रु एक करोड ८२ लाखमा ठेक्का सम्झौता गरेको बताइएको छ । हाल वैकल्पिक ऊर्जाका रूपमा भारत, चीन, जापानलगायत विकसित देशले यसको प्रयोग गर्दै आएका छन् । उपत्यकामा एक दिनमा ५०० टन फोहर उत्पादन हुने गरेको महानगरपालिकाका वातावरण प्रशासन महाशाखा प्रमुख गङ्गाधर गौतमले जानकारी दिए ।

१७ साउन २०७३, ९।००

वि.सं.२०७३ साउन १७ सोमवार ११:४६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...