back
NMB ad

तीस लाखको अम्रिसोको बिरुवा निर्यात

Kumari bank ad

पाल्पा जिल्लाबाट ३० लाख रुपैयाँको अम्रिसोका बिरुवा जिल्ला बाहिर निर्यात भएको छ।

पाल्पाको अम्रिसो बिरुवाबाट तनहुँ जिल्लामा व्यावसायिक अम्रिसो खेती हुँदै आएको छ। अम्रिसोको फूलको कुचोको रुपमा बढी प्रयोग हुँदै आएको छ भने पातको घाँसको रुपमा पशुको आहाराको प्रयोग हुँदै आएको पाइन्छ।

फेक गाविस–७, सोमहरका रामबहादुर बगालेले अम्रिसो बिरुवा बेचेर ५० हजार रुपैयाँ आम्दानी गरे। उनले अम्रिसोको बिरुवालाई गाउँमा नै बेच्न पाउँदा खुसी लागेको बताए। पहिला अम्रिसाको कुचो मात्र बिक्री हुने गरेकोमा अहिले बिरुवा समेत बिक्री हुँदै आएको छ।

पालुङमैनादी–५, खातुङका रामबहादुर कुँवरले करिब एक लाख रुपैयाँको बिरुवा बिक्री गरेको बताए। अम्रिसाको बिरुवा गाउँबाट बिक्री हुन्छ भन्ने थाहा नभएका यहाँका स्थानीयले बिरुवा बेच्न पाउँदा खुसी बनेका छन्।

अम्रिसोको बिरुवा सङ्कलन केन्द्रका प्रमुख कमल थापाका अनुसार जिल्लाबाट अर्को वर्ष ५० लाखको अम्रिसोको बिरुवा निकासी हुनेछ। अघिल्लो वर्ष बेचेको करिब २५ लाखको अम्रिसोबाट राम्रो लाभ पाएकाबाट माग आइरहेको छ। यस वर्ष ३० लाख जतिको अम्रिसोका बिरुवा निकासी हुने तयारीमा रहेको थापाले बताए।

पाल्पाका छहरा, पालुङमैनादी, फेक, भुवनपोखरीलगायतका स्थानबाट सङ्कलन गरिएका बिरुवा पठाउँदै आएकोे थापाले जानकारी गराए। जिल्लाको अधिकांश बिरुवा तनहुँमा लगिएको केन्द्रका थापाले बताए।

  प्रकाशितः २०७३ साउन १७

वि.सं.२०७३ साउन १७ सोमवार ११:४४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...