काठमाण्डौं । कलंकीको स्यूचाटारस्थित नेपाल विद्युत प्राधिकरणको शव स्टेशनको ट्रान्सफरमरमा सोमबार दिउँसो सवा दुई बजेतिर आगलागी भएको छ ।
आगलागीको कारण अहिले थाहा हुन नसके पनि कर्मचारीहरुले सर्किट टुटेर आगो लागेको हुनसक्ने अनुमान गरेका छन् । काठमाडौं र ललितपुरका दमकलहरुले करिब आधा घण्टाको प्रयासमा आगो निभाएका छन् ।
आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कुलेखानी जलविद्युत आयोजनाबाट उत्पादित विजुली सो सबस्टेशन हुँदै काठमाडौं उपत्यकाभर वितरण गरिन्छ ।
१७ साउन २०७३, ३।००
वि.सं.२०७३ साउन १७ सोमवार १५:३८ मा प्रकाशित