back
NMB ad

सञ्चय कोषमा पैसा जम्मा छ ? अब घर बनाउन १ करोडसम्म कर्जा मिल्छ !

Kumari bank ad

काठमाण्डौं । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा पाउने भएका छन् भने बार्षिक साढे ८ प्रतिशत ब्याजमा कर्मचारीहरुले २० बर्षसम्म भुक्तानी गर्न मिल्नेगरी घर कर्जा पाउने भएका छन् ।

यो कर्जा साउनबाटै मिल्नेछ । साढे आठ प्रतिशतमा उपलब्ध हुने घर कर्जाको सीमा बढाइएको छ । १० बर्षको तलव बराबर घर कर्जा दिइँदै आएकोमा कोषले यसपालीबाट बढाएर १५ बर्ष पुर्‍याएको छ । यो हिसावले अब एक अधिकृतस्तरको सरकारी कर्मचारीले घर निर्माण गर्नका लागि ५६ लाख ६७ हजार ८४० रुपैयाँ ऋण पाउने छ ।

कोषको सञ्चयकर्ता रहेको निजी क्षेत्रको कर्मचारीले पनि यो सुविधा पाउने छ । कोषले घर कर्जा वढीमा एक करोड रुपैयाँ मात्र उपलब्ध गराउने छ । यो सुविधा नियमित एक बर्ष कोषकट्टी भएको र दुई बर्ष सेवा अवधि बाँकी रहेका सञ्चयकर्ताले पाउने छन् । यसअघि नियमित दुई बर्ष कोषकट्टी भएका सञ्चयकर्ताले मात्रै ऋण लिन पाउने व्यवस्था थियो ।

कोषमा कुल पाँच लाख २५ हजार सञ्चयकर्ता छन् । यसमध्ये एक लाख २५ हजार निजी क्षेत्रका कर्मचारीहरु छन् । बढिमा २० बर्षसम्म पाइने यो कर्जा अवकाश हुनुअघि भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।

१७ साउन २०७३, ४।००

वि.सं.२०७३ साउन १७ सोमवार १५:५६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...