back
mega bank Ad
Hero Ad

जिफन्टप्रति संस्थापक अध्यक्ष किन असन्तुष्ट !

निरंकुश पञ्चायती शासन कालमा २०४६ साउन ५ अर्थात् जुलाई २०, १९८९ मा भूमिगत रूपमा नेपाल ट्रेड युनियन महासंघको स्थापना भएको हो । यो महासंघ ट्रेड युनियन ऐन­२०४९ जारी भए पछि मान्यता प्राप्त नेपालको पहिलो ट्रेड युनियन महासंघ हो । जम्मा ७ जनाबाट जिफन्टको सुरुवात गरिएको थियो । श्रमिकका पक्षमा आवाज उठाएर उनीहरुलाई अधिकार दिलाईनुपर्छ भन्ने उद्घोषका साथ महासंघलाई हाँक्ने संस्थापक अध्यक्ष ललितकुमार बस्नेत हुन् । हाल बस्नेत मकवानपुर, हेटौंडा–४ मा बस्दै आएका छन् । बस्नेत जिफन्ट प्रतिनिधि परिषद्का उपप्रमुख हुन् । आफुले स्थापना गरी विकास गरेको संगठन सर्वहारा श्रमजिवीहरुको भावनाअनुरुप चल्न नसकेको भन्दै उनी जिफन्ट प्रति नै असन्तुष्ट देखिन्छन् ।

अप्ठ्यारो काल पार गरेर आईयो

२०३६ साल बाट मैले ट्रेड युनियन आन्दोलन सुरुवात गरें । त्यसपछि एमालेको संगठित सदस्य लिएर म अगाडि बढेको हुँ । पंचायती काल (व्यवस्था), त्यो त अप्ठ्यारो काल थियो । त्यति मात्रै होईन म नेस्वहोमयू संस्थाको प्रतिनिधि र संस्थापक अध्यक्ष नै भएर काम गरें । भूमिगतरुपमा काम गर्न साह्रै कठिन थियो । भूमिगतरुपमा रहँदा नेस्वहोमयू तयारी समितिका अध्यक्ष कमलबहादुर लामा थिए । पछि किर्तिपुरमा भएको बैधानिक भेलाले म अध्यक्ष भएको हुँ ।

सुरुमा रिक्सा चलाउनेदेखि सबै खालका मजदुरहरुलाई नेस्वहोमयूले समेट्थ्यो । श्रमिकहरुलाई देशव्यापी रुपमा संगठित र संगठनलाई देशव्यपीरुपमा विकास एवं विस्तार गर्दै गए पछि क्षेत्रगत रुपमा यातायात, ट्रेकिङ, ट्राभल, होटल, औद्योगिक लगायतलाई छुट्टा छुट्टै गठन गरिएको हो । नेस्वहोमयू सहित ४ वटा संगठनलाई राखेर हामीले २०४६ साल साउन ५ गते महासंघ बनाएका हौं । म त्यसको संयोजक÷संस्थापक अध्यक्ष हुँ ।

दिनमा कारखानाको काम रातमा संगठन विस्तार

त्यतिबेला मजदुर आन्दोलनमा लाग्दा अमेरिकाको आन्दोलनहरु, अन्य विविध आन्दोलनहरु र विश्व मजदुर संगठनको इतिहासलाई बोकेर हामी हिँडेका थियौं । त्यतिबेला सर्वत्र सर्वहारा श्रमजिवी वर्गको प्रतिनिधित्व हुन्छ भन्ने ढंगको कुरा थियो । त्यै हिसाबले हामीले राजनीतिक रुपमा अर्ध–भूमिगत भएर संगठनका गतिबिधि गर्ने, औद्योगिक क्षेत्रका मजदुरलाई समेट्ने कुरा गर्दै पेशागत रुपमा उनीहरुको अधिकारको कुरा अगाडि बढायौं । त्यसलाई समर्थन दिलाउन भूमिगतरुपमा वरीपरिका गाउँ बस्तीलाई समेट्ने निर्णय गरेर अगाडि बढ्यौं । दिउँसो कारखानामा काम गर्ने रातमा गाउँ क्षेत्रका मजदुरलाई उनीहरुकै गाउँ क्षेत्र र बस्तीमा पुगेर सचेत गराउने काम गर्यौं । राति–राति नै उनीहरुलाई सम्झाएर÷बुझाएर संगठनको सदस्यता प्रदान गर्ने र सबै जनतालाई मजदुर आन्दोलनको समर्थनमा ल्याउने काम गरियो । औद्योगिक मजदुर आन्दोलनमा जाँदा दमन नहोस् र यदि प्रशासनले दमन गरिहाल्यो भनेपनि लुक्ने ठाउँ होस् भन्ने जस्ता विषयहरु उठान गरेर त्यो ढंगको पृष्ठभूमिबाट हामीले संगठनलाई विस्तार गरेको हो । र संगठन आज यो स्थानमा आईपुगेको हो ।

जिफन्ट प्रति म सन्तुष्ट छैन

जिफन्ट प्रति त म सन्तुष्ट छैन । किनभन्दा त्यो बेला अग्रगतिमा÷अग्रमोर्चामा सर्वहारा श्रमजिवी वर्गको जुन खालको उत्थान हुन्छ भन्ने जे परिकल्पना थियो । जुन भावनामा हामी हिंड्यौं त्यो भावना अनुरुप र त्यो ढंगले संगठन हिंड्न सकेको छैन । त्यसैले संगठन प्रति म सन्तुष्ट छैन ।

ललितकुमार बस्नेत, संस्थापक अध्यक्ष, जिफन्ट
ललितकुमार बस्नेत, संस्थापक अध्यक्ष, जिफन्ट

स्वास्थ्य खराब छ तापनि स्थानीय समाज सेवा गर्छु

म राजनीतिकरुपमा भन्ने हो भने नेकपा एमालेको केन्द्रिय सल्लाहकार परिषद्को सदस्य छु । महासंघको जिफन्टको राष्ट्रिय प्रतिनिधि परिषद्को उपप्रमुख छु । गभर्नर काउन्सिल (थिङ्क ट्याँङक भन्ने गरिन्छ) त्यसको सदस्य छु । अहिले भने स्थानीयस्तरमा जे काम पर्छ त्यसलाई सघाउने, परामर्श गर्ने, जाने बुझेका राय सुझाबहरु प्रदान गर्ने समाजसेवामा लागिरहेको छु । अलिअलि स्वास्थ्य पनि खराब छ, त्यसो भएको हुनाले स्वास्थ्यलाई पनि ख्याल गर्दै स्थानीयको सेवामा आफुले गर्न सक्ने कामहरु गरिरहेकै छु । त्यसैमा रमाईरहेको छु ।

राजनीतिलाई सुधार्नै पर्छ

जो सरकारमा आएपनि महँगी, कालोबजारी नियन्त्रण लगायत विषयमा ध्यान दिएको देखिन्न । समय समयमा देखिने गरेका इन्धन समस्याको दिर्घकालिन समाधान तिर विशेष ध्यान दिनुपर्नेछ । केपी ओली नेतृत्वको सरकारले जुन लोकप्रिय कार्यक्रम ल्याएको थियो । त्यो कार्यान्वयनमा जाला नजाला ! तर राजनीति गर्ने सबैले आ–आफ्नो स्थानबाट आफुलाई सुधार गर्नुपर्ने छ ।

केवल पद र प्रतिष्ठामा ध्यान

हिजो माक्र्सवाद, लेलिनवाद, जनताको बहुदलीय जनवाद भनेर हिँड्यौं । त्यो वास्तविक भावनाबाट हिँडियो । अहिले केवल पद र प्रतिष्ठामा मात्र बढ्ता ध्यान दिएको देख्छु । मुलुक, जनता र श्रर्वहारा श्रमजिवीको जुन भावना छ, त्यतातर्फ ध्यान पुग्न नसकिरहेको देख्छु ।

जिफन्टकै नीति अनुरुप देश

सोचेजस्तो त भएको छैन, तापनि मजदुर संगठनहरुमा हेर्ने हो भने आजसम्म पनि जिफन्टकै नीति अनुरुप विभिन्न मजदुर संगठन र देश चलिरहेको छ । अरुको त तुलना गर्नु पर्दैन । हामीले पंचायती कालरात्रीमा २०३६ सालमा संगठन स्थापना गरेको हो । २०३७ सालमा ट्रेड युनियन कांग्रेस बनेको हो । त्यसअघि मनमोहनले अखिल नेपाल ट्रेड युनियन बिराटनगरबाट खोलेका थिए । त्यो बिचमा छरिएर पृथकपृथक रह्यो । त्यसले राष्ट्रिय रुप लिन सकिरहेको थिएन । हामीले २०३६ साल बाट देशव्यापी रुपमा त्यसलाई नेटवर्कमा नेस्वहोमयू मार्फत संहाल्यौं । त्यसको माउ संगठनको रुपमा जिफन्टले २०४६ सालबाट सम्हाल्यो । त्यसको अनुयानीको रुपमा नेतृत्व हामीले लियौं र संगठनलाई देशव्यापी बनायौं ।

जिफन्टले सुधार गर्नु पर्ने पाटो

मैले लेखेर पनि दिएको छु । जिफन्टले मजदुरका हक अधिकारका बारेमा धेरै सुधार गर्नुपर्ने खाँचो छ । हिजो हामीले जुन नीति लिएका थियौं त्यहि अनुरुप हिड्नुपर्ने हो, त्यो काम बाँकी नै छ । आज जिफन्टकै नीतिका कारण देशको मजदुर अन्दोलन एकिकृत बन्दै ट्रेड युनियहरुको समन्वय केन्द्र बनेको छ । त्यसमा अलि अलि खुसी देखिए पनि वर्गीय हक अधिकारका क्षेत्रमा जुन उपस्थिति हुनुपर्ने हो, त्यसो हुन सकिरहेको छैन । वर्गीय क्षेत्रमा जसरी पुग्नुपर्ने हो त्यसमा कमजोरी छ । मजदुरहरु विभाजित छन्, त्यसलाई गतिलो ढंगले एकिकृत गर्नुपर्न खाँचो छ ।

(नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का संस्थापक अध्यक्ष बस्नेतसँग अर्थतन्त्रका लागि हरिशरण न्यौपानेले गरेको कुराकानीमा आधारित)

१७ साउन २०७३

वि.सं.२०७३ साउन १७ सोमवार २१:१३ मा प्रकाशित

You can share this post!

सहकारी बैंकले पुर्ण बैकिङ कारोबार गर्न पाउनुपर्छ

सहकारी बैंकले पुर्ण बैकिङ कारोबार गर्न पाउनुपर्छ

वि.सं.२०७८ माघ ९ आइतवार १८:५१

केबी उप्रेती अध्यक्ष, राष्ट्रिय सहकारी बैंक राष्ट्रिय सहकारी बैंकमा निरन्तर...

तरलता समस्या आउनुमा बैकिङ क्षेत्रसँगै सरकार र राष्ट्र बैंक पनि दोषी छन् : उपेन्द्र पौडेल [अन्तर्वार्ता]

तरलता समस्या आउनुमा बैकिङ क्षेत्रसँगै सरकार र राष्ट्र बैंक पनि दोषी छन् : उपेन्द्र पौडेल [अन्तर्वार्ता]

वि.सं.२०७८ पुस २१ बुधवार ११:२०

उपेन्द्र पौडेल अध्यक्ष, नविल बैंक नेपालको बैंकिङ क्षेत्रमा लामो समय...

अवार्डले नेपाली बैंकमा विदेशी लगानी भित्रन मद्धत गर्छ

अवार्डले नेपाली बैंकमा विदेशी लगानी भित्रन मद्धत गर्छ

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १४:०६

  सुनिल केसी  प्रमूख कार्यकारी अधिकृत, एनएमबी बैंक एनएमबी बैंकले...

मेरो चाहना पार्टीको नीति वा आर्थिक विभागमा रहेर काम गर्ने हो : डा.पुष्पराज कँडेल

मेरो चाहना पार्टीको नीति वा आर्थिक विभागमा रहेर काम गर्ने हो : डा.पुष्पराज कँडेल

वि.सं.२०७८ मंसिर ९ बिहीवार १२:५२

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन शुरु हुन एक दिन मात्र...

सरकार हेभी इक्युपमेन्ट किन्ने, भारतीयले सस्तो दरमा काम गर्दा हामी टिक्न नसक्ने भयौंः सचिव श्रेष्ठ

सरकार हेभी इक्युपमेन्ट किन्ने, भारतीयले सस्तो दरमा काम गर्दा हामी टिक्न नसक्ने भयौंः सचिव श्रेष्ठ

वि.सं.२०७८ वैशाख १० शुक्रवार १०:५६

काठमाडौं । कोरोनाका कारण विश्व अर्थतन्त्र नै धरासायी बन्न पुग्यो...

कार्यान्वयनयोग्य बजेट बनाएर आर्थिक पुनरुत्थानलाई जोड दिन्छौं : अर्थमन्त्री पौडेलको अन्तर्वार्ता

कार्यान्वयनयोग्य बजेट बनाएर आर्थिक पुनरुत्थानलाई जोड दिन्छौं : अर्थमन्त्री पौडेलको अन्तर्वार्ता

वि.सं.२०७८ वैशाख ५ आइतवार १६:५०

विष्णुप्रसाद पौडेल, अर्थमन्त्री कोरोना भाइरस महामारीको नेपाली अर्थतन्त्रमा प्रभाव कस्तो...