back
NMB ad

पर्यटनको क्षेत्रलाई हेर्न होइन फेर्न आएको भन्दै मन्त्रीले गरे कार्यकालको समीक्षा

Kumari bank ad

काठमाडौ । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा गर्नैपर्ने थुप्रै कार्यहरु गर्न नसकेको स्विकार गरेका छन् । पर्यटन पत्रकार संघ(जाट–नेपाल) द्धारा राजधानीमा आयोजित पर्यटनमन्त्रीको कार्यकालको समिक्षा विषायक ʽजाट–नेपाल फेस टू फेसʼ कार्यक्रममा मन्त्री पोखरेलले भने, ʽके गर्न सकिनस् भन्दा मैले थुप्रै गर्न सकिन, जब मैले सपना साँचेर आएको थिए । जे गरें अत्यन्त थोरै मात्र गरें ।ʼ उनले थप्दै भने, ʽमलाई भन्नु हुन्छ भने म यो गरें त्यो गरें भन्दिन, तर अत्यन्त थोरै काम गरें । मैले यो क्षेत्रलाई हेर्न आएको होईन फेर्न आएको भनेको थिएं, सोचेअनुरुप फेर्न सकिन ।ʼ

उनले आफुले गरेका धेरै कामहरु मध्ये नेपाल बुद्धिजमको उद्गमस्थल हो भनेर प्रचार गराउन सक्नु आफ्नो ठूलो उपलब्धी भएको चर्चा गरे । त्यस्तै मन्त्रालयको प्रस्तावअनुसार नेपालको स्वास्थ्य र शिक्षाका विषयमा ध्यान दिंदै योगको सुरुवात गरेको बताए । नेपाल आउने पर्यटकलाई नेपालकै अर्गानिक परिकार खुवाउनुपर्छ भन्ने मान्यताअनुरुप पर्यटनसँग जोडेर १० वर्षे दिर्घकालिन कृषि रणनीति तयार पार्न सहयोग पुर्याएको बताए । पर्यटन क्षेत्रको अहिलेको लगानीलाई १ सय गुणा नबढाईकन सोचेअनुरुप पर्यटनको विकास हुन नसक्ने उनको भनाई रहेको छ ।

मन्त्री पोखरेलले एयरपोर्ट(विमानस्थल)को विषयमा सुधार गर्न नसकेको भन्दै दुखेसो व्यक्त गरे । उनले भने, ʽफेर्न खोजेको र फेर्न नसकेको भनेको एयरपोर्ट हो । तर जे जति भएको छ देखिनेगरि भएको छ । सामान्य कर्मचारीलाई फोन गरेर सुधार गर भन्नुपर्ने अवस्था छ । एयरपोर्टको काम प्रति म सन्तुष्ट छैन ।ʼ एयरपोर्टका जुनसुकै स्तरका श्रमिक, कर्मचारीहरुलाई अनावश्यक फेरबदल गर्न नपाईने व्यवस्था गरेको भन्दै कर्मचारीले पनि इमान्दारीताफूर्वक काम गर्नुपर्ने उनले बताए । एयरपोर्टको सुधार गर्ने हो भने छुट्टै अधिकारसम्पन्न निकाय गठन गरि सोही अन्तर्गत गृह, अर्थ, रक्षा र प्रहरी प्रशासनलाई पनि निर्देश गर्ने व्यवस्था हुनुपर्ने बताए । उनले भने, ʽगृह, अर्थ, रक्षा, विभन्न क्षेत्रका कर्मचारीलाई एउटै स्थानबाट ल एण्ड अर्डर गर्ने व्यवस्था भयो भने मात्रै एयरपोर्ट सुध्रिन्छ । होइन भने झन् नाजुक बन्दै जान्छ । ʼ

jat Face 2 face2 (1)
नीजि पर्यटन व्यवसायीप्रति लक्षित गर्दै उनले नेपालका पर्यटकीय सम्पदा सबैका साझा सम्पदा हुन भन्ने बुझ्न आग्रह गरे । सम्पदाको व्यवस्थापन र राजश्व संकलनमा आबधिक टेन्डर गर्ने प्रक्रिया सुरुवात नगर्ने हो भने सरकारको दायित्व पनि नरहने उनको भनाई थियो । उनले नेपाल पर्वतारोहण संघ(एनएमए) प्रति लक्षित गर्दै भने, ʽअहिले एनएमएले एकलौटी पिक व्यवस्थापनको जिम्मा पाएको छ । राजश्व उठाउने अधिकार पाएको छ । यो नै आफैंमा शुद्ध(फेयर) भएको छ कि छैन, म प्रश्न गर्न चाहन्छु । एउटा संस्थाले राज्यको सम्पति सबै नागरिकको अधिकार पाउनुपर्छ भन्ने होईन । सक्षम संस्थाले अधिकार पाउनुपर्छ । आबधिक टेन्डर गर्ने प्रक्रियाको सुरुवात गर्नुपर्छ ।ʼ
मन्त्री पोखरेलले आफ्नो कार्यकालमा भएका ८५ बुँदे कामहरु सार्वजनिक गरेका थिए । सो बुँदामा २५६० औं बुद्ध जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध गोष्ठि सम्पन्न गरि गौतमबुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल नेपाल भन्ने तथ्यलाई उजागर गरेको, नेपालको पर्यटन प्रबद्र्धन रणनीति तर्जुमा गरि १० वर्षे सोच सहित कार्यक्रम शुरु गरेको, नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरि पर्यटन प्रबद्र्धनका कार्यलाई गति प्रदान गरेको, संघीयता अनुरुप प्रत्येक प्रदेशमा पर्यटन गन्तव्य निर्धारण गरि पूर्बाधार तयारीको लागि बजेटको व्यवस्थापन गरेको लगायत विषहरु समेटिएका छन् ।

jat Face 2 face2 (3)

पर्यटन पत्रकार संघ(जाट–नेपाल) का अध्यक्ष देवीप्रसाद पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्यर्यटन राज्यमन्त्री बलबहादुर महत, मन्त्रालयका सहसचिवहरु, पर्यटन विभागका महानिर्देशक, नेपाल पर्वतारोहण संघका(एनएमए), ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल(टान) , नारा, सोट्टो नेपाल र एचआरए अध्यक्ष एवं प्रतिनिधि सहभागी थिए ।

त्यस्तै नाट्टा, भिटोफ, ठमेल पर्यटन विकास परिषद, यूनिट्राभ लगायत संघसंस्थाका पदाधिकारी सहित सदस्यहरु एवं पर्यटन व्यवसायी र संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७३ साउन १८

वि.सं.२०७३ साउन १८ मंगलवार १३:२९ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...