back
mega bank Ad
Hero Ad

पर्यटन मन्त्री आनन्द पोखरेलका ८५ काम, हेर्नुहोस के–के गरे !

काठमाडौ । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न विषयहरुलाई समेटेर ८५ बुँदा मार्फत कार्यकालको समिक्षा गरेका छन् । पर्यटन पत्रकार संघ (जाट–नेपाल) द्वारा राजधानीमा आयोजित पर्यटनमन्त्रीको कार्यकालको समिक्षा विषायक ʽजाट–नेपाल फेस टू फेसʼ कार्यक्रममा मन्त्री पोखरेलले आफ्नो कार्यकालमा भएका ८५ बुँदे कामको विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्री पोखरेलले आफ्नो कार्यकालमा गरिएका प्रमुख कार्यहरुको हाते पुस्तिकामा उल्लेख गरे अनुसार २५६० औं बुद्ध जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध गोष्ठि सम्पन्न गरी गौतमबुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल नेपाल भन्ने तथ्यलाई उजागर गरेको, नेपालको पर्यटन प्रबद्र्धन रणनीति तर्जुमा गरी १० वर्षे सोच सहित कार्यक्रम शुरु गरेको, नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरी पर्यटन प्रबद्र्धनका कार्यलाई गति प्रदान गरेको, संघीयता अनुरुप प्रत्येक प्रदेशमा पर्यटन गन्तव्य निर्धारण गरी पूर्बाधार तयारीको लागि बजेटको व्यवस्थापन गरेको लगायत विषहरु समेटिएका छन् ।

पोखरेलको कार्यकाल (२०७२ कार्तिक १९ देखि २०७३ आउन ९ गतेसम्म) मन्त्रालय अन्तर्गत भए गरेका प्रमुख कार्यहरु समेटी उक्त विवरण सार्वजनिक गरिएको हो । सार्वजनिक विवरण अनुसार पुननिर्माणमा ८ बुँदा, संस्कृति संरक्षणका विषयमा २२ बुँदा, पर्यटन प्रबद्र्धनका विषयमा १८ बुँदा, नागरिक उड्डयनका २८ बुँदा र अन्य कार्यहरु भनेर ९ बुँदामा मन्त्रालय अन्तर्गत सम्पादन गरिएका एवं योजनाहरुलाई समावेस गरिएको छ ।

९ महिने कार्यकालमा पर्यटन मन्त्री पोखरेलले पर्यटन क्षेत्रमा के के काम गरे ? हेर्नुहोस सार्वजनिक कार्यहरुको केहि प्रमुख बुँदाहरु :–

पुननिर्माणका क्षेत्रमा गरिएका कामहरु :

–गतवर्षको विनाशकारी भूकम्पबाट क्षति पुगेका पुरातात्विक सम्पदाहरुको पुननिर्माणका लागि विभिन्न इकाई गठन गरी पुननिर्माण कार्यलाई तिव्रता दिएको ।
– ʽमेरो धरहरा म बनाउँछुʼ कार्यक्रम अन्तर्गत पुननिर्माण प्रक्रिया अगाडि बढाईएको ।
– भूकम्पबाट क्षति पुगेका पदयात्रा मार्गहरुको मर्मतसंभार र पुननिर्माण ।
– क्षतिग्रस्त १०४ सम्पदाहरुको संरक्षण र पुननिर्माण कार्य अगाडि बढेको ।
– युनेस्कोको आर्थिक सहयोगमा काठमाडौ उपत्यकाका पाटन, भक्तपुर र हनुमानढोका दरबार क्षेत्रका क्षतिग्रस्त सम्पदाहरुको संरक्षण, पुननिर्माणका लागि आवश्यक कार्य अगाडि बढाइएको र विश्व सम्पदा सूचिमा रहेका सम्पदाहरुको संरक्षण, पुननिर्माण कार्य अगाडि बढाईएको ।

संस्कृति संरक्षणका क्षेत्रमा गरिएका कार्यहरु :

– २५६० औं बुद्ध जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध गोष्ठि सम्पन्न गरी गौतमबुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल नेपाल भन्ने तथ्यलाई उजागर गर्दै १० बुँदे घोषणापत्र जारी गरिएको ।
– पुशपति, लुम्बिनी, जनकपुर, मुक्तिनाथ क्षेत्रको वृहत गुरुयोजना अगाडि बढेको ।
– नेपालका आन्तरिक बुद्धिष्ट सर्किटको कार्ययोजना बनाईएको र लुम्बिनीमा अन्तर्राष्ट्रिय सभा सम्मेलन र बैठक गर्ने ५ हजारभन्दा बढी मानिस अट्ने क्षमताको सभाहल निर्माण कार्य अगाडि बढाईएको ।
– बृहत लुम्बिनी गुरुयोजना ३ वर्षमा सक्ने गरी बजेट व्यवस्था गरिएको ।
– कला, संस्कृति एवं साहित्यलाई प्रोत्साहन गर्ने गरी सोहि किसिमका गतिबिधि अगाडि बढाईएको ।
– जनजातीहरुका जीवन्त साँस्कृतिक संग्राहलय स्थापनाको लागि अध्ययन प्रक्रिया अगाडि बढाईएको ।
– नारायणहिटीमा ऐतिहासिक राष्ट्रिय संग्राहलय निर्माणको प्रक्रिया अगाडि बढाईएको ।
– नेपालमा पहिलोपटक ३० वटा शव अटाउने चिस्यान कोठा सहितको विद्युत शवदाह गृहको निर्माण र विद्युत शवदाह संचालनमा ल्याएको ।
– अन्तर्राष्ट्रिय पशुपति सर्किट, पशुपति क्षेत्रमा सिसिटिभी जडान सहित अन्तर्राष्ट्रिय पशुपति सम्मेलन गर्ने निर्णय सहित बजेट विनियोजन गरेको ।

पर्यटन प्रबद्र्धनमा गरिएका कार्यहरु :

– नेपालको राष्ट्रिय पर्यटन प्रबद्र्धन रणनीति तर्जुमा गरी १० वर्षे सोच सहित कार्यक्रम शुरु गरेको ।
– नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरी पर्यटन प्रबद्र्धनका कार्यलाई गति प्रदान गरेको ।
– संघीयता अनुरुप प्रत्येक प्रदेशमा पर्यटन गन्तव्य निर्धारण गरी पूर्बाधार तयारीको लागि बजेटको व्यवस्थापन गरेको ।
– मन्त्रालय र मातहत निकायका कार्यलाई नतिजामुखी बनाउने कार्य गरेको ।
– पर्यटन क्षेत्रको विकासका लागि पर्यटन विकास समन्वय समिति गठन गरेको ।
– भूकम्पबाट मुलुकको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव र प्रचारलाई हटाउन अन्तर्राष्ट्रिय जगतमा नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको ।
– मनास्लु ल्होत्से हिमाल आरोहणको ६० वर्ष पुगेको अवसरमा हिरक महोत्सव मनाई नेपालमा पर्वतीय पर्यटनको प्रबद्र्धन गरेको ।
– पर्यटन प्रशद्र्धनका लागि नेपाल सरकार, पर्यटन बोर्ड र गैर आवासीय नेपाली संघबीच सम्झौता गरिएको ।
– सन् २०१८ लाई नेपाल भ्रमण वर्ष बनाउने र वि.सं.२०७३ लाई आन्तरिक घुमफिर वर्ष मनाउने निर्णय गरी अभियान संचालनमा ल्याएको ।
– नेपालको पर्यटन क्षेत्रका बारेमा जानकारी प्राप्त गर्न मोबाईल एप्स बनाउने कार्य अगाडि बढेको ।
– पर्यटन प्रबद्र्धनमा नीजि क्षेत्रको विश्वास जित्ने गरी सहकार्य अगाडि बढेको ।

नागरिक उड्डयनका क्षेत्रमा गरेका कामहरु :

– पर्यटकको आगमन वृद्धि गर्ने उदेश्यका साथ नेपालले भुटानको पारो विमानस्थल प्रयोग गरी बैंकक, हनोई, न्योम्पेन्ह र म्यान्मारको नेपीतमा उडान गर्न पाउने र भुटानको विमानले काठमाडौ हुँदै दिल्लीमा हप्तामा ६ उडान गर्न पाउने सैदान्तिक सहमति सहित नेपाल र भुटानबीच हवाई सम्झौता गरिएको ।

– भियतनाम र न्यूजिल्याण्डसँग नयाँ हवाई सेवा सम्झौता गरी हवाई सम्झौता गरेका मुलुकको संख्या ३८ मा पुर्याईएको ।
– साउदी अरेबीया, यूएई र पाकिस्तानसँग भएको बिद्यमान हवाई सेवा सम्झौतालाई पुनरावलोकन गरिएको ।
– नेपाल चीनबीच नयाँ हवाई सेवा सम्झौता गरिएको ।
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधुनिकिकरणका लागि भट्टेडाँडा राडार साईट तथा विमानस्थलमा राडार प्रणालीको एन्टेना टावर बनाउने कार्य सम्पन्न गरिएको ।
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गुरुयोजनाको पुनरावलोकल, आन्तरिक टर्मीनल भवन निर्माण, २ वटा कन्भेयर बेल्ट जडान गरिएको ।
– ताप्लेजुङ बिमानस्थल, चौरजहारी बिमानस्थल, डोल्पा(जुफाल) बिमानस्थलको धावनमार्ग ट्याक्सी वे एप्रोन कालोपत्रे कार्य सम्पन्न गरिएको ।
– भैरहवा अन्तर्राष्ट्रिय बिमानस्थलको रनवेका लागि आवश्यक कार्य अगाडि बढेको र १४० बिगाहा जग्गा अधिग्रहण गर्ने निर्णय भई प्रारम्भिक कार्य सम्पन्न भएको, बिमानस्थललाई थप आवश्यक पर्ने २८८ बिगाहा जमिन अधिग्रहण गर्ने प्रकृया अगाडि बढाईएको ।
– बाराको अन्तर्राष्ट्रिय बिमानस्थलका लागि ११० बिगाहा जग्गा अधिग्रहण काम अगाडि बढेको, सो जग्गामा निर्मित घर टहराहरुको अधिग्रहण गरी मुआब्जा वितरण कार्य भईरहेको, उक्त बिमानस्थलको लागि जंगल समेत १७ हजार बिगाहा जमीन आवश्यक परेकाले जग्गा प्राप्तीको प्रकृया सहित नेपाल सरकारले आफैंले आयोजना बनाउने गरि बजेटको व्यवस्था गरिएको ।
– पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थलका लागि ३८० रोपनी जग्गा, ३१ घरको अधिग्रहणको मुआब्जा वितरण सहित अधिग्रहण गर्नु पर्ने ५२१ रोपनी जग्गामध्ये ९० प्रतिशत काम सम्पन्न गरेको । बिमानस्थलको शिलान्यास सहित काम अगाडि बढाईएको ।
– नेपाल वायुसेवा निगमले आन्तरिक उडानतर्फ थामखर्क तााप्लेजुङ र सिमरा उडान सुचारु गरेको ।
– हेलिकप्टरको चार्टर हवाई भाडा निर्धारण गरी मन्त्रालयको वेवसाईटमा राखिएको ।
– विराटनगर र धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय बिमानस्थलको रुपमा विकास गर्ने कार्यको थालनी गरेको ।
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार एवं विकासका लागि पूर्व तर्फको १४९ रोपनी जग्गा अधिग्रहण प्रकृया अगाडि बढाईएको ।
– नेपाल वायुसेवा निगमलाई थप जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाईएको ।
– प्राचिन स्मारक संरक्षण ऐनको संशोधन प्रक्रिया अगाडि बढाईएको ।

लगायतका कार्यहरु गरिएको ८५ बुँदे कार्य विवरणमा उल्लेख छ ।

चाँहदा चाँहदै धेरै काम गर्न भ्याईएन

उनले यति हुँदा हुँदै पनि पर्यटन क्षेत्रमा गर्नैपर्ने थुप्रै कार्यहरु गर्न नसकेको स्विकार गरेका छन् । मन्त्री पोखरेलले भने, ʽके गर्न सकिनस् भन्दा मैले थुप्रै गर्न सकिन, जब मैले सपना साँचेर आएको थिएँ । जे गरें अत्यन्त थोरै मात्र गरें ।ʼ उनले थप्दै भने, ʽमलाई भन्नु हुन्छ भने म यो गरें त्यो गरें भन्दिन, तर अत्यन्त थोरै काम गरें । मैले यो क्षेत्रलाई हेर्न आएको होईन फेर्न आएको भनेको थिएं, सोचेअनुरुप फेर्न सकिन ।ʼ

उनले आफुले गरेका धेरै कामहरु मध्ये नेपाल बुद्धिजमको उद्गमस्थल हो भनेर प्रचार गराउन सक्नु आफ्नो ठूलो उपलब्धी भएको चर्चा गरे । त्यस्तै मन्त्रालयको प्रस्तावअनुसार नेपालको स्वास्थ्य र शिक्षाका विषयमा ध्यान दिंदै योगको सुरुवात गरेको बताए । नेपाल आउने पर्यटकलाई नेपालकै अर्गानिक परिकार खुवाउनुपर्छ भन्ने मान्यताअनुरुप पर्यटनसँग जोडेर १० वर्षे दिर्घकालिन कृषि रणनीति तयार पार्न सहयोग पुर्याएको बताए । पर्यटन क्षेत्रको अहिलेको लगानीलाई १ सय गुणा नबढाईकन सोचेअनुरुप पर्यटनको विकास हुन नसक्ने उनको भनाई रहेको छ ।

मन्त्री पोखरेलले एयरपोर्ट(विमानस्थल)को विषयमा सुधार गर्न नसकेको भन्दै दुखेसो व्यक्त गरे । उनले भने, ʽफेर्न खोजेको र फेर्न नसकेको भनेको एयरपोर्ट हो । तर जे जति भएको छ देखिने गरी भएको छ । सामान्य कर्मचारीलाई फोन गरेर सुधार गर भन्नुपर्ने अवस्था छ । एयरपोर्टको काम प्रति म सन्तुष्ट छैन ।ʼ एयरपोर्टका जुनसुकै स्तरका श्रमिक, कर्मचारीहरुलाई अनावश्यक फेरबदल गर्न नपाईने व्यवस्था गरेको भन्दै कर्मचारीले पनि इमान्दारीताफूर्वक काम गर्नुपर्ने उनले बताए । एयरपोर्टको सुधार गर्ने हो भने छुट्टै अधिकारसम्पन्न निकाय गठन गरी सोही अन्तर्गत गृह, अर्थ, रक्षा र प्रहरी प्रशासनलाई पनि निर्देश गर्ने व्यवस्था हुनुपर्ने बताए । उनले भने, ʽगृह, अर्थ, रक्षा, विभन्न क्षेत्रका कर्मचारीलाई एउटै स्थानबाट ल एण्ड अर्डर गर्ने व्यवस्था भयो भने मात्रै एयरपोर्ट सुध्रिन्छ । होइन भने झन् नाजुक बन्दै जान्छ ।
ʼ
नीजि पर्यटन व्यवसायीप्रति लक्षित गर्दै उनले नेपालका पर्यटकीय सम्पदा सबैका साझा सम्पदा हुन भन्ने बुझ्न आग्रह गरे । सम्पदाको व्यवस्थापन र राजश्व संकलनमा आबधिक टेन्डर गर्ने प्रक्रिया सुरुवात नगर्ने हो भने सरकारको दायित्व पनि नरहने उनको भनाई थियो । उनले नेपाल पर्वतारोहण संघ(एनएमए) प्रति लक्षित गर्दै भने, ʽअहिले एनएमएले एकलौटी पिक व्यवस्थापनको जिम्मा पाएको छ । राजश्व उठाउने अधिकार पाएको छ । यो नै आफैंमा शुद्ध(फेयर) भएको छ कि छैन, म प्रश्न गर्न चाहन्छु । एउटा संस्थाले राज्यको सम्पति सबै नागरिकको अधिकार पाउनुपर्छ भन्ने होईन । सक्षम संस्थाले अधिकार पाउनुपर्छ । आबधिक टेन्डर गर्ने प्रक्रियाको सुरुवात गर्नुपर्छ ।ʼ

१८ साउन २०७३ / ८ : ४७ : ३७

वि.सं.२०७३ साउन १८ मंगलवार २०:४९ मा प्रकाशित

You can share this post!

आन्तरिक पर्यटकको रोजाइमा डोल्पा, साउनयता मात्रै २५ सय पुगे

आन्तरिक पर्यटकको रोजाइमा डोल्पा, साउनयता मात्रै २५ सय पुगे

वि.सं.२०७९ कात्तिक २८ सोमवार १४:०२

सुर्खेत । डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।...

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति ?

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति ?

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १६:३०

काठमाडौं । कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १०...

नाट्टाको एअरलाइन्स टिकेटिङ्ग, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन

नाट्टाको एअरलाइन्स टिकेटिङ्ग, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन

वि.सं.२०७९ कात्तिक १७ बिहीवार १३:३४

काठमाडौं । पर्यटन व्यवसाय विकास र विस्तारका लागि आवश्यक सिपयुक्त...

घलेगाउँको आकर्षण र पहिचान बन्दै रातो जस्ताले रंगिएका घर

घलेगाउँको आकर्षण र पहिचान बन्दै रातो जस्ताले रंगिएका घर

वि.सं.२०७९ असोज ३१ सोमवार १४:०६

लमजुङ । सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँको मुहार फेरिएको छ...

अन्नपूर्ण पदमार्गबाट एक सातामा फर्किए पाँच सय ८१ पर्यटक

अन्नपूर्ण पदमार्गबाट एक सातामा फर्किए पाँच सय ८१ पर्यटक

वि.सं.२०७९ असोज २७ बिहीवार १६:४४

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गको मनाङ खण्डमा परेको हिमपात र...

पर्यटकीय गन्तव्य काउलेपानी

पर्यटकीय गन्तव्य काउलेपानी

वि.सं.२०७९ असोज २३ आइतवार ०७:०५

लमजुङ । नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको लमजुङ जिल्लाको...