back
NMB ad

दुई नेताको ठेगाना बताउनेलाई २५ हजार अमेरिकी डलर पुरस्कार !

Kumari bank ad

ढाका । यहाँको प्रहरीले बङ्गलादेशमा इस्लामिक अतिवादी आन्दोलनको नेतृत्व लिएका दुई भूमिगत नेताको सम्पर्क दिने व्यक्तिलाई २५ हजार अमेरिकी डलर बराबरको इनाम दिने घोषणा हिजो मङ्गलबार गरेको छ।

बीबीसीको अनुसार, बङ्गलादेशको राजधानी ढाकास्थित एक क्याफेमा सामूहिक हत्या प्रकरणमा योजनाकार मानिएका क्यानेडाली नागरिक तमिम चौधरीको सम्पर्क दिने जो कसैलाई पनि उक्त रकमको इनाम दिइने बताइएको छ। चौधरी ढाका आक्रमणको योजना बनाएपछि सार्वजनिक रुपमा सम्पर्कमा नरहेको बताइएको छ।

चौधरीले जमाऐतुल मुजाहिद्दिन बङ्गलादेश (जेएमबी) विद्रोही समूहलाई नेतृत्व गरेको र कैयौँ सङ्ख्यामा अल्पसङ्ख्यक धर्मावलम्बीको हत्या गरेको आरोप छ। त्यसैगरी प्रहरीले बङ्गलादेश सेनाको मेजरबाट सन् २०११ मा बर्खास्तमा परेका सैयद मोहम्मद जिउल हकलाई पनि अनुसन्धानको दायरामा ल्याउन सोही रकम बराबरको इनामको घोषणा गरेको छ।

जिउल हकले यहाँको अर्को अतिवादी इस्लामिक समूह अन्सार अल इस्लामको नेतृत्व गरेको र धर्म निरपेक्षताको पक्षमा कलम चलाउने ब्लगर तथा अधिकारकर्मीको हत्या गरेको आरोप छ।

१९ साउन २०७३, १२।००

वि.सं.२०७३ साउन १९ बुधवार १४:३८ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...