काठमाण्डौं । अल्पाइन डेभलपमेन्ट बैंक र मिथिला लघुवित्त विकास बैंकले १० करोड बराबरको सेयर निस्कासन गरेका छन् । अल्पाइन डेभलपमेण्ट बैंकले ८ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ । त्यस्तै मिथिला लघुवित्त विकास बैंकले पनि एक लाख ६९ हजार ७ सय ४० कित्ता हकप्रद सेयर जारी गरेको छ । यी दुवै कम्पनीको हकप्रद सेयरका लागि भाद्र २१ गतेसम्म आवेदन दिन पाईनेछ ।
अल्पाइनले एक सय रुपैयाँ अंकित दरका ८ करोड २० लाख रुपैयाँ बराबरको ८ लाख २० हजार हजार कित्ता हकप्रद निष्कासन गरेको हो । असार २१ गतेसम्म कायम अल्पानइनका सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । लगानीकर्ताले एनमबी क्यापिटल, एनएमबी बैंक र बैंकका सबै शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन पाउनेछन् । हाल बैंकको ११ करोड ८० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । हकप्रद पश्चात बैंकको पूँजी २० करोड रुपैयाँ पुग्नेछ ।
त्यस्तै, मिथिला लघुवित्त विकास बैंकले पनि आजैदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । मिथिलाले एक करोड ६९ लाख ७४ हजार रुपैयाँ बराबरको एक लाख ६९ हजार ७ सय ४० कित्ता हकप्रद निष्कासन गरेको हो ।
बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । बैंकका सम्पूर्ण शाखा कार्यालय तथा सिभिल क्यापिटल मार्फत हकप्रद सेयरमा आवेदन दिन सकिनेछ । हाल बैंकको चुक्तापूँजी ३ करोड ३९ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्कासन पश्चात बैंकको पूँजी ५ करोड ९ लाख रुपैयाँ पुग्नेछ ।
१९ साउन २०७३, ३।४०
वि.सं.२०७३ साउन १९ बुधवार १६:०३ मा प्रकाशित