back
NMB ad

यस वर्ष ७ लाख मेट्रिक टन धान बढी उत्पादन हुने !

Kumari bank ad

काठमाण्डौं । मध्य साउन अर्थात १७ गतेसम्म देशभर ९२ प्रतिशत रोपाइँ सकिएको कृषि विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, कुल १४ लाख २५ हजार ३ सय ४६ हेक्टर रोपाइँयोग्य भूमीमध्ये अहिलेसम्म १३ लाख हेक्टर भन्दा बढी भूमिमा रोपाइँ भइसकेको छ।

सबैभन्दा बढी सुदुरपश्चिमाञ्चलमा ९९ दशमलव ५ प्रतिशत रोपाइँ भइसकेको छ। मन्त्रालयकै तथ्याङ्क अनुसार यो विकास क्षेत्रमा १ लाख ७० हजार १ सय १५ हेक्टर क्षेत्रफल रोपाइँयोग्य जमिन रहेको छ। त्यस्तै पूर्वाअञ्चलमा ३ लाख ८२ हजार ८ सय १७ हेक्टर रोपाइँयोग्य भूमीको ८१ प्रतिशतमा रोपाइँ भइसकेको छ। यस विकास क्षेत्रको उच्च पहाडी भेगमा ८२, मध्य पहाडी भेगमा ८५ र तराई क्षेत्रमा ८० प्रतिशत रोपाइँ भइसकेको छ ।

त्यस्तै मध्यमाञ्चलमा ३ लाख ९१ हजार ६ सय २३ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये ८६ प्रतिशत भूमीमा रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ। पश्चिमाञ्चलमा ३ लाख ९ हजार ९० हेक्टर धानखेतीयोग्य जमिनमध्ये ९८ प्रतिशतमा रोपाइँ भइसकेको छ । मध्यपश्चिमाञ्चलमा भने ९७ प्रतिशत धान खेती योग्य जमिनमा रोपाइँ सम्पन्न भएको छ। यस क्षेत्रमा १ लाख ७२ हजार ६ सय ४१ हेक्टर जमिन धान खेतीयोग्य रहेको छ।

यस वर्ष मल अभाव र प्राकृतिक विपत्ति नभएमा गत वर्षभन्दा ७ लाख मेट्रिक टन धान उत्पादन बढ्ने मन्त्रालयले जनाएकोछ । गत वर्ष देशभरबाट ४३ लाख मेट्रिक टन धान उत्पादन भएको थियो भने यो वर्ष मन्त्रालयले ५० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ।

२० साउन २०७३, १२।००

वि.सं.२०७३ साउन २० बिहीवार १३:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...