back
NMB ad

निजी क्षेत्रको हालसम्मकै ठुलो सोलुखोला दुधकोशी हाइड्रोमा लगानी सम्झौता

Kumari bank ad

काठमाडौ । सोलुखुम्बुस्थित ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलबिद्युत परियोजना निर्माणका लागि इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ऋण सम्झौता सम्पन्न भएको छ । राजधानीमा बिहिबार आयोजित कार्यक्रमकाबीच हाइड्रोभेन्चर प्रालिले निर्माण गर्न लागेको ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी परियोजनाको लागि जलबिद्युत लगानी तथा विकास कम्पनी लिमिटेड सहित विभिन्न ९ वाणिज्य बैंक र १ विकास बैंकले ८ अर्ब ६५ करोड लगानी गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड १ अर्ब ५० करोड को अगुवाई रहने गरी जलबिद्युत लगानी तथा विकास कम्पनी लिमिटेड ९० करोड, कृषि विकास बैंक ७५ करोड, सेन्चुरी कमर्सियल बैंक ७५ करोड, एनसीसी बैंक ७५ करोड, सानीमा बैंक ७५ करोड, सनराईज बैंक ७५ करोड, राष्ट्रिय वाणिज्य बैंक ७५ करोड, सिभिल बैंक ५० करोड, प्रभु बैंक ५० करोड र एनआईडिसी डेभलपमेन्ट बैंक लिमिटेडले ७५ करोड लगानी सम्झौता गरेका हुन् ।

hidroventure loan contact 1

११ अर्ब ८६ करोडमा बन्ने सो आयोजनाका लागि विभिन्न ११ कम्पनीले कुल लागतको ७३ प्रतिशत रकम लगानी गर्न लागेका हुन् । बाँकी २७ प्रतिशत अर्थात ३ अर्ब २१ करोड लगानी शेयरधनीहरुको तर्फबाट हुने बताईएको छ ।

यो आयोजना सोलुखुम्बू जिल्लाको कागेल र तिङ्गला गाविसमा बाँध बाँधि १७ दशमलव ५ घनमिटर प्रतिसेकेण्ड पानीको बहाब फर्काई करिब ४ दशमलव ५ किलोमिटर लामो सुरुङमार्फत ६ दशमलव १३ मीटरको उचाई माथिबाट पानी खसालेर पञ्चन गाविस स्थित मैखुबेसीमा निर्माण हुने पावर हाउस मार्फत बिद्युत बिद्युत निकालिनेछ । उक्त बिद्युत १० दशमलव ५ किमी टाढा रहेको नेपाल विद्युत प्राधिकरणको लामाने सब स्टेशनमा १३२ केभी ट्रान्समिसन लाईनमार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडिनेछ ।

साहस उर्जा लि को शतप्रतिशत लगानीमा हाइड्रो भेन्चर प्रालिले परियोजनाको कार्य अगाडि बढाएको हो । कम्पनीले आयोजनाका लागि हालसम्म सरकारी निकायहरु नेपाल बिद्युत् प्राधिकरण, बिद्युत विकास विभाग, उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय तथा वातावरण मन्त्रालयबाट लिनुपर्ने अनुमति तथा इजाजतपत्रहरु लिने कार्य सम्पन्न गरेको जनाएको छ । डिपीआर सम्बन्धी रिपोर्ट अन्तिम चरणमा रहेको, परियोजना स्थलमा आवास तथा पहुँच मार्ग निर्माण सम्बन्धी कार्य भईरहेको बताइएको छ । त्यस्तै भेन्चर प्रालि गाभीने प्रकृया पनि अगाडि बढेको कार्यक्रममा जानकारी दिईयो ।

hidroventure loan contact 2

कार्यक्रममा बोल्दै इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले आफुहरुले आकर्षक र छिटो प्रतिफल प्रदान गर्ने परियोजनामा लगानी गर्न लागेको बताए ।

उक्त आयोजनाको निर्माण अबधीभित्र नै सर्बसाधारणका लागि शेयर लगानी गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ । यो परियोजना नेपालमा स्वदेशी नीजि क्षेत्रबाट निर्माण गर्न लागिएको हालसम्मको सबै भन्दा ठूलो जलबिद्युत परियोजना भएको कम्पनीको दाबी रहेको छ ।

कम्पनीका प्रबन्ध संचालक हिम पाठकले निर्माण अघिका सबै प्रक्रियाहरु सम्पन्न गरि आगामि मंसिरबाट निर्माण सुरु गर्ने र २०७६ चैत भित्र बिद्युत उत्पादन गर्ने लक्ष्य लिई कार्यहरु अगाडि बढाइने जानकारी दिए ।

परियोजनाको संस्थापक लगानीकर्ताहरुमा विभिन्न पेशा, व्यबसायमा संलग्न व्यक्तिहरु र सोलुखुम्बु जिल्लाका स्थानिय व्यक्तिहरु रहेका छन् ।

सोलुखुम्बुका साँसद एवं नेपाली कांग्रेसका नेता बलबहादुर केसीले जनतालाई बाइपास नगरी परियोजनालाई अगाडि बढाउन सुझाव दिए । त्यस्तै तोकिएकै समयमा परियोजना सम्पन्न गराउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

hidroventure loan contact minraj kandel 3
त्यस्तै हाइड्रो भेन्चर प्रालिका अध्यक्ष मिनराज कँडेलले तोकिएको लागत र तोकिएकै समयमा परियोजना सम्पन्न गरी उत्पादन थाल्ने गरी काम गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

२१ साउन २०७३

वि.सं.२०७३ साउन २१ शुक्रवार ०८:४२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...