back
Mega Long Ad

प्रचण्ड सरकारको पहिलो निर्णय बाढीपीडितलाई एक लाख

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ राहत दिने पहिलो निर्णय गरेको छ । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराका अनुसार बैठकले सहिद र बेपत्ताका परिवारलाई राहत दिने विगतका सरकारले गरेका निर्णय कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री दाहालले संविधानमा सर्वस्वीकार्यता बढाउँदै कार्यान्वयनको सुनिश्चिततालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । संविधान अस्वीकार गर्दै आएका मधेसी दलको समेत समर्थन प्राप्त गरी प्रधानमन्त्री भएका दाहालले बिहीबार सिंहदरबारमा पदभार ग्रहण गरेपछि त्यस्तो बताएका हुन् ।

‘मधेस, थारू र जनजातिले उठाएका मुद्दा सम्बोधन गरेर राष्ट्रिय एकता सुदृढ गर्दै संविधानलाई अधिकतम सर्वस्वीकार्य बनाउने प्रक्रियामा अगाडि बढ्दैछौं । संविधान कार्यान्वयनको चुनौती छ । संविधानमा अधिकतम स्वीकार्यता बढाउँदै कार्यान्वयनको सुनिश्चितता ऐतिहासिक रूपले आवश्यक छ’, दाहालले भने ।

नेपाली जनताले तत्कालीन र दीर्घकालीन हिसाबले आर्थिक समृद्धि हासिल होस् भनेर तीव्र आकांक्षा व्यक्त गरेको भन्दै दाहालले बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने्तिर ध्यान केन्द्रित गरी जनताको त्यो आकांक्षाअनुरूप तत्कालिक, मध्यकालीन र दीर्घकालीन विकासका आयोजना अगाडि बढाउने जानकारी दिए । आजको अन्नपुर्ण पोष्टबाट ।

प्रकाशितः २०७३ साउन २१

वि.सं.२०७३ साउन २१ शुक्रवार १०:१२ मा प्रकाशित

You can share this post!

आपराधिक घटना निरुत्साहित गर्न कपिलवस्तु प्रहरीको विशेष योजना

आपराधिक घटना निरुत्साहित गर्न कपिलवस्तु प्रहरीको विशेष योजना

वि.सं.२०७८ असोज २८ बिहीवार ०८:४२

कपिलवस्तु। दसैँको रमझमसँगै जिल्लामा पटक पटक हिंसात्मक र आपराधिक घटना...

वडा अध्यक्षको कुटाइबाट एक युवक गम्भीर

वडा अध्यक्षको कुटाइबाट एक युवक गम्भीर

वि.सं.२०७८ असोज २६ मंगलवार १४:२७

सप्तरी । रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवको कुटाइबाट...

देखिएन बोनसको चमक

देखिएन बोनसको चमक

वि.सं.२०७८ असोज २५ सोमवार १६:१०

काठमाडौं । पछिल्लो समय सेयर बजारमा बोनसको घोषणा सुरु भएको...

चर्को विरोधपछि आफ्नो निर्णयको विषयमा अध्ययन गर्न अर्थले राजस्व सचिवको संयोजकत्वमा बनायो कार्यदल

चर्को विरोधपछि आफ्नो निर्णयको विषयमा अध्ययन गर्न अर्थले राजस्व सचिवको संयोजकत्वमा बनायो कार्यदल

वि.सं.२०७८ असोज २५ सोमवार १२:२९

काठमाडौं । स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर...

पुँजीगत खर्च बढाउन बत्ती बालेर भएपनि काम गर्नुपर्यो : अर्थमन्त्री शर्मा

पुँजीगत खर्च बढाउन बत्ती बालेर भएपनि काम गर्नुपर्यो : अर्थमन्त्री शर्मा

वि.सं.२०७८ असोज २४ आइतवार १५:१०

काठमाडौं । बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरुसँग छलफल गर्ने क्रममा...

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् कांग्रेसबाट मन्त्री हुनेहरू

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् कांग्रेसबाट मन्त्री हुनेहरू

वि.सं.२०७८ असोज २४ आइतवार १४:५०

बुटवल । सरकार गठन भएको करिब दुई महिनापछि लुम्बिनी प्रदेश...