back
NMB ad

काठमाडौं जिविसको करिब १० करोड रकम फ्रिज !

Kumari bank ad

काठमाण्डौं । काठमाण्डौं जिल्ला विकास समितिमा आर्थिक वर्षमा नौ करोड ९५ हजार ८२ हजार रुपियाँ फ्रिज भएको छ । शुक्रवार जिविसले गत आर्थिक वर्षको समिक्षा कार्यक्रममा उक्त रकम फ्रिज भएको जनाएको हो ।

गत वर्ष जिविसको पुँजीगत रकम ४६ करोड, ४६ लाख ९७ हजार बिनियोजित भएकोमा ३६ करोड, ५१ लाख १५ हजार रुपियाँ मात्र खर्च भएको छ ।

बजेट फ्रिज हुन नदिन पटक पटक जिविसले स्थानीय राजनीतिक दल, जिल्लामा रहेका व्यवस्थापिका संसदका सदस्य र नागरिक समाजका अगुवालाई आग्रह गरी उपभोक्ता समिति निर्माण गरी योजना सञ्चालन गर्न आग्रह गरे पनि जिविस उक्त रकम खर्च गर्न असफल भएको स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारीले स्पष्ट पारेका थिए ।

गत जिविसमा २३ वटा शिर्षकमा एक हजार १४८ वटा योजना छनोट भएकोमा ९५८ वटा योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको थियो । जसमा ७७१ वटा योजना फरफारक भएको समिक्षा जनाइएको छ ।

कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले स्थानीय निकायको निर्वाचन नभएको अवस्थामा कर्मचारीद्वारा स्थानीय निकाय सञ्चालन हुँदा पनि सन्तोष जनक सेवा प्रवाह भएको दाबी गरे । स्थानीय निकायको निर्वाचन नभएसम्म विकास बजेटको उचित सदुपयोग हुन नसक्ने उनको भनाइ छ ।

सो अवसरमा काठमाडौंका सबै विषगत कार्यलय, ११ वटै नगरपालिकाको गत वर्षको बजेटद्वारा सञ्चालित योजनाको समिक्षा गरिएको थियो ।

जिविसले आगामी वर्षदेखि योजनाहरुको नियमित मर्मत संभार उपभोक्ता समितिलाई जिम्मेवार बनाउने नगरपालिका तथा सरोकारवाला निकायसँग जिविसले समन्वय गरी जिल्लाका सडकलाई मापदण्ढ निर्धारण गर्ने नीति लिइने जिविसले जनाएको छ ।

२१ साउन २०७३, ४।००

वि.सं.२०७३ साउन २१ शुक्रवार १६:३८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...