back
mega bank Ad
Hero Ad

चिनियाँ विज्ञ भन्छन्,‘तिब्बत–नेपाल रेल सम्भव छ’

काठमाण्डौं । चीनका पूर्वाधार विज्ञहरुले उच्च हिमाली भाग हुँदै नेपाल जोड्ने रेलमार्ग निर्माण आर्थिक र प्राविधिक रुपमा सम्भव रहेको बताएका छन्। त्यसबाट चीन, नेपाल र दक्षिण एसिया नै लाभान्वित हुने उनीहरुको भनाई छ।

‘सिगात्से–केरुङ रेलमार्ग नयाँ हिमालयन रेल निर्माण गर्ने चिनियाँ प्रविधि सम्भव शिर्षकमा शुक्रवार चाइना डेलीले प्रकाशित गरेको समाचारमा त्यस्तो जनाइएको हो। विज्ञहरुको भनाइ उद्धृत गर्दै समाचारमा तिब्बतबाट दक्षिण एसियासम्म रेल्वे लाइन बनाउने अनुभव चीनसँग रहेको र त्यो प्राविधिक हिसाबले सम्भव रहेको उल्लेख छ।

टाढा छैन रेल सपना

चाइनमा डेलीका अनुसार प्रतिघन्टा सय किलोमिटरका दरले विश्वका उच्च हिमाली क्षेत्र र पुरानो हिमखण्डबाट रेल कुद्ने सपना अब लामो छैन।

‘प्रतिघन्टा तीन सय ५० किलोमिटरको द्रुतगतिमा १९ हजार कलिोमिटरभन्दा बढी किलोमिटरमा तिब्बतदेखि दक्षिण एसियाली प्रायद्वीपसम्म रेल्वे लिक निर्माण गर्न चीनसँग प्रविधि र पुँजी दुवै छ,’ चाइन तिब्बतोलोजी रिसर्च सेन्टरका विज्ञहरुलाई उद्धृत गर्दै चाइन डेलीले लेखेको छ,‘हिमालय रेल्वे तिब्बतको सिगात्सेबाट सुरु भएर सीमावर्ती ल्यान्डपोर्टनजिकको केरुङसम्म पुग्नेछ। यद्यपि यो उच्च गतिको रेल्वे हुनेछैन।’ नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ साउन २२

वि.सं.२०७३ साउन २२ शनिवार ०९:५३ मा प्रकाशित

You can share this post!

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:४१

काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय...

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:२३

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ्ग...