back
mega bank Ad
Hero Ad

ग्यास सिलिन्डरको एक करोडसम्मको बिमा

काठमाडौं ।  ग्यास सिलिन्डर विस्फोट भएमा पीडितले एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् ।

एलपी ग्यास उद्योग संघले झन्डै दुई महिनाको तयारीपछि सिलिन्डर विस्फोट भए क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । संघको शुक्रबार बसेको बैठकले एउटा दुर्घटनाको क्षतिपूर्ति १ करोडसम्म व्यहोर्ने निर्णय गरेको अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए ।

ग्यास सिलिन्डर विस्फोटका घटना बढ्दै गएपछि उद्योगीले ४ असारमा विशेष भेला गरेर समान क्षतिपूर्तिको व्यवस्था लागू गर्ने निर्णय गरेका थिए ।

जुनसुकै कम्पनीको सिलिन्डर विस्फोट भएमा पनि पीडितले समान क्षतिपूर्ति पाउनेछन् । संघमा आबद्ध सबै उद्योगीलाई निर्णय कार्यान्वयन गर्न आइतबार पत्राचार गरिने अध्यक्ष घिमिरेले बताए आजका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सिलिन्डर विस्फोटबाट मृत्यु भएकाका प्रतिपरिवारलाई १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिइनेछ । ‘एकजनाको मृत्यु भए परिवारले १० लाख, पाँचजनासम्मको मृत्यु भएमा ५० लाखसम्म क्षतिपूर्ति दिइनेछ,’ ग्यास उद्योग संघका अध्यक्ष भने । एउटै घटनामा ६ वा सोभन्दा बढीको मृत्यु भएमा ५० लाख रुपैयाँलाई नै दामासाहीले उपलब्ध गराइने उनले बताए ।

सिलिन्डर विस्फोटबाट भौतिक क्षति भएमा अधिकतम् ४० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराइनेछ । एउटा दुर्घटनामा त्यसभन्दा धेरै क्षति नहुने संघको बुझाइ छ  ।

विस्फोटबाट घाइते हुनेलाई १० लाखसम्मको उपचार खर्च दिइनेछ । उपचार गर्दागर्दै घाइतेको मृत्यु भएमा उपचार खर्च नघटाई मृतक परिवारले पाउने प्रतिव्यक्ति १० लाख वा अधिकतम् ५० लाख उपलब्ध गराइने उनले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ साउन २२

वि.सं.२०७३ साउन २२ शनिवार १०:२५ मा प्रकाशित

You can share this post!

कति पाउँछन् त स्थानीय जनप्रतिनिधिले तलब सुविधा ?

कति पाउँछन् त स्थानीय जनप्रतिनिधिले तलब सुविधा ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार ०९:४६

काठमाडौं । अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्।...

कति बढ्ने भयो त सरकारी कर्मचारीको तलब ?

कति बढ्ने भयो त सरकारी कर्मचारीको तलब ?

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:४०

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ ।...

ऋण तिर्न नसकेर वेपत्ता भएका अग्रवाल परिवारको पत्र,’बाचिन्छ वा मरिन्छ ठेगान छैन’, मिटरव्याजी भने समस्यामा

ऋण तिर्न नसकेर वेपत्ता भएका अग्रवाल परिवारको पत्र,’बाचिन्छ वा मरिन्छ ठेगान छैन’, मिटरव्याजी भने समस्यामा

वि.सं.२०७८ माघ ३ सोमवार १५:२९

काठमाडौ । सोमबार नेपाल इन्भेष्टमेन्ट बैंंकले नेपालमा सवैभन्दा महंगो रक्सी...

पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह

पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह

वि.सं.२०७८ माघ ३ सोमवार १३:२७

काठमाडौं । सुनचाँदी ब्यवसायीहरुले ब्यवसायीक सुरक्षाकालागि ब्यवसायिहरुवीच एकता हन्ुपर्ने खाँचो...

अध्यक्ष विहिन हुदा रोकिएको आइपिओ जारी प्रकृया सुरु हुदै, बोर्डले दियो निर्देशन

अध्यक्ष विहिन हुदा रोकिएको आइपिओ जारी प्रकृया सुरु हुदै, बोर्डले दियो निर्देशन

वि.सं.२०७८ मंसिर १९ आइतवार १७:४६

काठमाडौ । नेपाल धितोपत्र बोर्डले तत्कालिन अध्यक्ष भिष्मराज ढुंगाना अध्यक्षबाट...

रियलमीले नेपालमा ल्याउने भयो नार्जो सिरिज, ५० ‘ए’, ५० ‘आइ’ बजारमा उपलब्ध

रियलमीले नेपालमा ल्याउने भयो नार्जो सिरिज, ५० ‘ए’, ५० ‘आइ’ बजारमा उपलब्ध

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १७:१४

काठमाडौ । स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो...