
काठमाण्डौं । नेपाल टेलिकमको ‘एनटी कार्ड’बाट रिचार्ज नहुने समस्या देखिएको छ। नेपाल टेलिकमले सफ्टवेयर अपग्रेड गर्नुपर्ने भएकाले एनटी रिचार्ज कार्डमा समस्या आएको स्वीकार गरेको छ।
टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीका अनुसार अहिले सफ्टवेयर अपग्रेड गर्ने काम भइरहेको छ। उनले भने ‘सफ्टवेयर अपग्रेड गर्नुपर्ने भएकाले बिहान ४ बजेदेखि समस्या आएको हो, चाँडै नै समाधान हुनेछ।’
एमपीओएस प्रविधिबाट रिचार्ज गर्न र ‘नमस्ते’ रिचार्ज कार्डको प्रयोग गर्न पनि उनले आग्रह गरे। एनटी रिचार्ज कार्ड स्काई प्रिपेड फोनमा समेत प्रयोग गर्न सकिन्छ।
प्रकाशितः २०७३ साउन २२
वि.सं.२०७३ साउन २२ शनिवार १२:२८ मा प्रकाशित