back
NMB ad

अस्कर श्रेष्ठले बाजिमारे ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’

Kumari bank ad

काठमाडौं । राजधानीको तिनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ भव्यताका साथ सम्पन्न भएको छ । दर्शकहरुको उत्साहजनक उपस्थितिमा सम्पन्न च्याम्पियनसिपमा अस्कर श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी प्रशान्त कार्कीले दोस्रो र सुरज डण्डेगुलुले तेस्रो स्थान हासिल गरेका छन् ।
नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा संचालित उक्त च्याम्पियनसिपमा २५० सिसीसम्मका ४५ जना अफरोड डर्ट बाइक राइडरको सहभागिता रहेको थियो । राष्ट्रिय खेलकुद परिषदकी सदस्य सचिव अस्मिता गुरुङले उद्घाटन गरेको उक्त च्याम्पियनसिपका सहभागी राइडरहरुलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराईले सपथ दिलाएका थिए ।

IMG_3218
तिनकुनेमा निर्माण गरिएको करिब ५५० मिटरको अफरोड ट्रयाकमा बाइक राइडरहरुले आफ्नो रेसिङ कौशल प्रदर्शन गरेका थिए । अन्तर्राष्ट्रिय तालिमप्राप्त मार्सलहरुको सुपरिवेक्षणमा संचालन गरिएको उक्त च्याम्पियनसिपमा भाग लिने खेलाडीहरुलाई समेत रेसिङ सम्बन्धी आधारभूत प्राविधिक ज्ञान र निर्देशन प्रदान गरिएको थियो । प्रतियोगितालाइ क्वालिफाइङ, सेमी–फाइनल र फाइनल राउन्ड गरी ३ चरणमा विभाजन गरिएको थियो । चिकेन ¥याम्प, हाई स्पिड ट्रयाक र हाई जम्प जस्ता विभिन्न प्रकारका ट्रयाकमा उक्त च्याम्पियनसिप सम्पन्न भएको थियो ।

IMG_3270
च्याम्पियनसिपका बिजेताहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद तथा सिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसैगरी विभिन्न प्रकारका गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।

IMG_3278
अफरोड राइड रुचाउने बाइक राइडरहरुका लागि यो एउटा उपयुक्त प्लेटफर्म भएको र यसको माध्यमबाट उनीहरुका लागि अन्तर्राष्ट्रिय लेभलको प्रतियोगितामा समेत सहभागी हुने ढोका खुल्ने छ । नेपाल जस्तो कठीन भौगोलिक बनोट भएको देशमा यस प्रकारको इभेन्टले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

IMG_3285
नेपाली युवाहरुका बीचमा अत्यन्तै लोकप्रिय एसिया विङ अन्तर्गतको क्रसफायर बाइकको मूख्य प्रायोजनमा सम्पन्न उक्त च्याम्पियनसिपको अन्य प्रायोजकमा यूएम बाइक, टीभीएस टायर, रेडबुल लगायत रहेका थिए । उक्त च्याम्पियनसिपको प्रमोसनल पार्टनर नेपाल अटो इन्फो, म्यगेजिन पार्टनर अटोमोबाइल मासिक, इभेन्ट पार्टनर नेपाल कल्चर एन्ड एड्भेन्चर इभेन्ट र ट्राभल पार्टनर फुटमार्क ट्राभल एन्ड एड्भेन्चर्स रहेका थिए । जिल्ला खेलकुद विकास समिति काठमाडौं र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को समेत सहयोग रहेको उक्त च्याम्पियनसिपले अफरोड बाइक राइडिङको क्षेत्रमा नयाँ पहिचान स्थापित गरेको इभेन्ट म्यानेजर सन्तोष न्यौपाने बताउछन् ।

IMG_3278 IMG_3318 IMG_3451 IMG_3578

IMG_3232 IMG_3708 IMG_3641 IMG_3634 IMG_3632

२२ साउन २०७३

वि.सं.२०७३ साउन २२ शनिवार २२:०७ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...