back
NMB ad

तपाईलाई थाहा छ ? यसकारण घट्दैछ सेयर बजार !

Kumari bank ad

सर्वाधिक उच्च अकंमा पुगेको नेप्से परिसुचकमा एकाएक ब्रेक लागेको जस्तो अनुभुति हुदै छ । १०३० को उच्च बिन्दुबाट बिना ब्रेक १८८० सम्मको सर्बाधिक उच्च अंक सम्मनिरन्तर पुगेको बजारमा १०० अकंको गिरावट सामान्य होइन भन्ने ठाउँ छैन ।

अर्थतन्त्रको ऐना स्वरुप प्रतिबिम्बित हुनु पर्ने नेप्से एकोहोरो लयमा हिँडेको निश्चय हो । तर समग्रमा सबै सुचकहरुले त्यही लयलाई पच्छ्याएको भने पक्कै होइन । बैकिङ्ग क्षेत्र भने त्यसबाट अछुतो नै छ भन्दा फरक नपर्ला अन्य क्षेत्रको तुलनामा । यद्यपी यो आरोप शतप्रतिशत सहि भने होइन । किनभने भूकम्प र नाकाबन्दीको मारमा थलिएको हाम्रो अर्थतन्त्र लगानी योग्य क्षेत्रको अभावमा भौतारी रहँदा पूँजीबजारले यसलाइ पार्किड्ग गर्न सहज बनाईदिएको भने पक्कै हो । फलस्वरुप साविकको भन्दा केही बढी पूँजी एकाएक बजारमा प्रवेश ग¥यो ।

यसको साथै पूँजी वृद्घि र हकप्रद सेयर, वोनस सेयरका कारण बैंककका सेयर मूल्य बढ्नु प्राकृतिक रहे पनि इन्सुरेन्स र लघुवित्तका सेयरहरुमा भने पूर्ण रुपमा हचुवा प्रवृति हावी रहेको देखिन्छ । पूँजी र कुल सेयर संख्याको आधारमा त्यस क्षेत्रका प्रति सेयर आम्दानी तुलानात्मक रुपमा केही बढी देखिनु मात्रको आधारमा लगानीकर्ताहरु हौसियको देखियो । तसर्थ अप्राकृतिक रुपमा बढेका ती सेयरका मूल्यहरु वाहेक अन्य सेयरका लगानीकर्ताहरु निराश भइहाल्नु पर्ने अवस्था नभए पनि निरास भए ।

सेयर बजारका लगानीकर्ताहरु प्रष्ट हुनु जरुरी छ, सेयरका अंकहरु निरन्तर बढ्ने वा घट्ने हुँदैन । बजार आफ्नो गतिमा निरन्तर चलिरहन्छ । तर सधै बढ्ने वा घट्ने कदापी हँुदैन । तसर्थ यस्ता चालहरुलाई कसैले पनि आफ्नो नियन्त्रणमा लिन सक्दैन । बजारमा सुनिए जस्तो ठूला लगानीकर्ताहरुले म्यानुपुलेशन गरे भन्नु नितान्त बेकार कुरो हो ।

२ अर्ब बराबरको दैनिक कारोवार हुने बजारलाई म्यानुपुलेशन गर्न केही ठूला लगानीकर्ताबाट सम्भव नरहला । तथापी भित्री सूचनाको हकमा भने केही त्यस्ता ठूला लगानीकर्ताहरु अग्र स्थानमा छन् भन्दा अन्यथा नहोला । सबैलाई थाहै छ, नेप्से २३२ अंक बाट १०३० अंकसम्म आउन धेरै पटक उतार चढाव पार गरेर आएको हो । तसर्थ १०३० देखि १८८० सम्मको यात्रामा पनि यस्ता आरोह अवरोह आउनु प्राकृतिक नियम नै हो । उच्च अंकमा पुगेको नेप्से १०० अंक हाराहारीमा घट्नु स्वभाविक नै हो । यस पटकको गिरावटलाई प्यानिक प्रफिट बुकिङ्गको संज्ञा दिँदा उत्तम हुन्छ । उच्चतम अंकमा नेप्से पुग्दा लगानी सुरक्षित गर्न नसकेका लगानीकर्ताहरु केही आधारभुत समाचारको आधारमा घटेको बजारमा आत्तिएर धेरैजसो लगानीकर्ताहरुले एकै चोटी सुरक्षित गर्न खोज्दा बजारमा थप गिरावट आएको हुन सक्छ ।

तसर्थ थप सय अंकको गिरावट सम्मलगानीकर्ताहरु आत्तिनु पर्ने अवस्था बजारमा छैन । तर अर्थमन्त्रीले आशा जगाउने खालको मन्तब्य दिएको पृष्ठभूमिमा बजार केही उकालो लाग्न थालेको छ । पूँजीबजारको अनुशासन अनुरुप आफूलाई ढालेर लगानी गर्ने लगानीकर्ताहरु यस पटक निकै उत्साहित भएको देखिन्छ । लोभले सधै अन्धकारको गल्ली पछ्याउँछ भने जस्तै सेयर बजारमा लोभ हावी भएमा मनोवैज्ञानिक रुपमा नाफा सुरक्षित गर्न प्रोत्साहन गदैन ।

अतः यस्तै किसिमको अत्यास लगानीकर्ताहरुमा आउँछ । अन्त्यमा बजार जुन रुपमा बढेको थियो, त्यही रुपमा घट्न सक्ने आधारहरु प्रष्ट छ । निसन्देह नितान्त अधिक तरलताको कारण बढेको बजारमा प्यानिक प्रफिट बुकिङ्ग हुनु स्वभाविक हो ।

निरब पुडासैनी, २३ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन २३ आइतवार १२:३८ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...