back
NMB ad

एभरेष्ट बैंकले ल्याउँदैछ ४५ करोडको एफपीओ !

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ४५ करोड रुपैंया बराबरको र्फदर पब्लिक अफरिङ  जारी गर्ने भएको छ । बैंकले चालु आर्थिक वर्षभित्रै उक्त रुपैंया बराबरको एफपीओ जारी गर्ने भएको हो ।

बैंकले पुँजी वृद्धि योजना सार्वजानिक गर्दै चुक्ता पुँजी बढाउनका लागि प्रिमियम मुल्यमा एफपीओ जारी गर्न लागेको हो । प्रिमियममा एफपिओ जारी गर्ने भनिएपनि कतिमा निष्काशन गर्ने भन्ने सन्दर्भमा नियामक निकायको छलफल पछि तय गरिने बैंकले जानकारी दिएको छ ।

त्यस्तै बैंकले फ्रि रिजर्भमा रहेको २ अर्ब ७७ करोड रुपैयाँलाई पुँजीकरण गर्ने र बैंकको नियमित नाफाबाट वार्षिक ७५ करोड रुपैयाँ पुँजीकरण गर्दै ०७४ असार मसान्तसम्ममा राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी र्पुयाउने जनाएको छ ।

गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले वाणिज्य बैंकहरुको न्यूनतम् चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने घोषणा गरेको थियो । आर्थिक वर्ष २०७२/७३ को तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार एभरेष्ट बैंकको चुक्ता पुँजी २ अर्ब ७४ करोड रुपैयाँ छ ।

प्रकाशितः २०७३ साउन २३

वि.सं.२०७३ साउन २३ आइतवार १३:४३ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...