back
Mega Long Ad

३५ करोड लागतमा डिडिसीले उत्पादन गर्दैछ यूएचटी दूध !

काठमाण्डौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले नेपालमा यूएचटी दूध उत्पादन गर्ने भएकोछ । अल्ट्रा हिट ट्रिटेड (युएचटी) अर्थात उच्च तापक्रममा तताइएको दूध प्याकिङ गरी विक्री गर्ने काममा सरकारी र निजी क्षेत्रले हात हाल्न नसकिरहेको अवस्थामा डिडिसीले यस्तो दूधको उत्पादन गर्न लागेको हो ।
प्लान्ट निर्माणका लागि सरकारसँग अनुदान मागेको डिडिसीले यसैवर्ष अनुदान पाउने लगभग पक्का भइसकेको छ । सरकारले अनुदान उपलब्ध गराए लगतै डिडिसीले प्लान्ट स्थापनाका लागि काम थाल्ने छ । युएचटी दूध प्लान्टको स्थापनाका लागि ३५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । चालु आर्थिक बर्षको बजेट भाषणमा नै यो कुराको उल्लेख भएकाले आफूहरु उत्साहित रहेको डिडिसीले जनाएकोछ ।
युएचटी दूध उच्च तापक्रममा प्रशोधन प्याकिङ गरिने दूध हो । यो तयारी दूध भएकाले बजारमा किनेर सिधै सेवन गर्न सकिनेछ । फ्रिजमा नराखेपनि यो बिग्रिँदैन भने यसलाई जहाँ पनि लैजान सकिन्छ । यसलाई उत्पादन भएको ६ देखि १० महिनासम्म प्रयोग गर्न सकिन्छ ।
२४ साउन २०७३, ९।००

 

वि.सं.२०७३ साउन २४ सोमवार ११:१४ मा प्रकाशित

You can share this post!

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

वि.सं.२०७८ असोज ६ बुधवार १७:२०

काठमाडौं । साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै...

यी दुई दर्जन कम्पनीका लगानीकर्ता बने मालामाल

यी दुई दर्जन कम्पनीका लगानीकर्ता बने मालामाल

वि.सं.२०७८ असोज ६ बुधवार १५:३५

काठमाडौं । सेयर बजारमा उछाल आउँदा दुई दर्जन कम्पनीको सेयर...

सेयर बजार १०४ अंकको बढ्दा लगानीकर्ता हर्षित, कारोबार रकममा सबैको चासो

सेयर बजार १०४ अंकको बढ्दा लगानीकर्ता हर्षित, कारोबार रकममा सबैको चासो

वि.सं.२०७८ असोज ६ बुधवार १५:१९

काठमाडौं । सेयर बजारमा उछाल आएपनि कारोबार रकममा भने धेरै...