back
NMB ad

बूढीगण्डकी आयोजना प्रभावितद्वारा मुआब्जा माग !

Kumari bank ad

काठमाण्डौं । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा प्रभावित हुने गोरखा र धादिङका स्थानीय जनताले घर बनाउन रु दुई लाख अनुदान रकम र रोक्का गरिएको जग्गाको मुआब्जा माग गरेका छन् ।

गोरखा उद्योग वाणिज्य सङ्घअन्तर्गत आरुघाट उद्योग वाणिज्य सङ्घको पहलमा आइतबार आरुघाटमा भएको भेलाले अनुदान रकम वितरणमा ढिलाइ भएको र मुआब्जा वितरणमा आलटाल गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

आरुघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धिप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको भेलामा धादिङस्थित विशालनगरका बूढीगण्डकी प्रभावित पनि सहभागी थिए । अन्य गाविसका भूकम्पपीडितसँग अनुदान वितरणका लागि सम्झौता सकिएको भए पनि बूढीगण्डकी डुबान क्षेत्रमा अहिलेसम्म अनुदान सम्झौता सुरु नगरिएको भन्दै उनीहरुले अनुदान वितरणको प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन् । आरुघाटका गणेश श्रेष्ठका अनुसार बैठकले अनुदान, मुआब्जा माग गर्नेलगायत सात बुँदे निर्णण गरेको हो ।

“आरुघाट बजार डुब्ने हल्लाले व्यापार, व्यवसाय ठप्प भयो । बैंकबाट लिएको ऋणको ब्याज तिर्न सकेनौँ” श्रेष्ठले भने, “भूकम्पले घर भत्काएको हो अनुदान रकम दिएनन् । ऋणको ब्याज सरकारले वा राष्ट्र बैंकले मिनाहा गर्नुपर्छ । होइन भने मुआब्जा र अनुदान लेऊ ।” बूढीगण्डकी जलविद्युत्को जलाशयको सतहले आरुघाट बजार डुब्ने हल्ला चलेपछि विगत एक वर्षदेखि सो क्षेत्रमा जग्गाको किनबेच र व्यापार घटेको श्रेष्ठको भनाइ छ ।

गोरखाका विभिन्न १४ गाविसस्थित बूढीगण्डकी डुबान क्षेत्रका भूकम्पपीडितले अनुदान सम्झौता गर्न पाएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाले भने बूढीगण्डकी प्रभावितले छिट्टै निजी आवास निर्माण प्रयोजनका लागि अनुदान सम्झौता गर्न पाउनुको साथै घर बनाउने अनुदान रकम पनि पाउने बताएको छ ।

२४ साउन २०७३, १।००

वि.सं.२०७३ साउन २४ सोमवार १३:३९ मा प्रकाशित

You can share this post!

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३०

काठमाडौँ, १२ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच...

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:२५

काठमाडौँ, १२ वैशाखः नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार,...

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:१८

काठमाडौँ, १२ वैशाख : काठमाडौँ–विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो...

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...