back
NMB ad

काभ्रे तिमालको यात्रामा नेपाल पुरै घुमेजस्तो… (फोटोकथा)

Kumari bank ad

हरिशरण न्यौपाने, काभ्रे । मध्य वर्षातको समय भएर पनि होला चारैतिर हरिया पहाडहरु ठिङ्ग उभिरहेछन् । काठमाडौको कोेलाहालपूर्ण वातावरण एवं प्रदुषणबाट मुक्ति पाउन र मनोरम ग्रामिण परिवेशको दृष्यावलोकन सबैको रुचीको विषय पनि हो । यस्तै संयोग २०७३ साल साउन २२ गते शनिबार मिल्यो । पर्वतीय तथा पदयात्रा पर्यटनको क्षेत्रमा विकास गर्न स्थापित ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) ले नयाँ पर्यटकीय गन्तव्यको उजागर . पर्यटन प्रबद्र्धन अभियान अन्तर्गत मिडिया फार्म ट्रिपको आयोजना गरेको हो ।

नयाँ पर्यटकीय गन्तव्य काभ्रेको तिमाल क्षेत्रलाई एक उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन टानले अभियानअन्तर्गत स्थानिय र सरोकार पक्षको सहयोग र समर्थन लिंदै काभ्रेको तिमाल क्षेत्रमा टान पर्यटन स्मृति पार्क (टान टूरीजम मेमोरियल पार्क) निर्माणका प्रारम्भिक कार्यहरु थालेको छ । काठमाडौबाट ७३ किलोमिटर दूरीमा रहेको उक्त पार्क सम्म काभ्रेको पाँचखाल हुँदै अगाडि बढ्दा बाटोमा देखिएका मनोरम दृष्यहरु :

TAAN KTM TO KAVRE Arthatantra 2

 

चारैतिर हरिया चुचुरालाई नियाल्दै फार्म ट्रिप काभ्रेको पाँचखाल हुँदै सुनकोशी नदि किनारसम्मको यात्राकाक्रममा सडक आसपासको दृष्यले जो कोहिलाई त्यहि दृष्यमा भुलिरहन मन लाग्छ । यात्रा गर्नेहरु सडक छेउमा रोकिएर मनमोहक दृष्य कैद गर्न तम्सिहाल्छन् ।


TAAN KTM TO KAVRE Arthatantra 3

TAAN KTM TO KAVRE Arthatantra 4 TAAN KTM TO KAVRE Arthatantra 5 TAAN KTM TO KAVRE Arthatantra 6
बीचबीचमा ढुंगा बिच्छ्याईएको कच्ची बाटो भएपनि मोटरबाटोको सहज यात्राका साथ काठमाडौ– तिमाल क्षेत्रसम्म पुग्न सकिन्छ ।

TAAN KTM TO KAVRE Arthatantra 7 TAAN KTM TO KAVRE Arthatantra 8
सुनकोशी नदीको रमणीय दृष्यावलोकन सँगै फार्म ट्रिपमा काभ्रे, ठूलो पर्सेल तिमाल डम्फु कला युवा समाज सहित स्थानियको पञ्चेबाजा, डम्फु नाच, झाँक्री नाच अर्थात बोन्बो नाच सहितको स्वागत झनै सम्झनलायक रह्यो ।

TAAN KTM TO KAVRE Arthatantra 9 TAAN KTM TO KAVRE Arthatantra 10(1) TAAN KTM TO KAVRE Arthatantra 10
TAAN KTM TO KAVRE Arthatantra photoयात्रा गर्दा गन्तव्यमा नपुगुञ्जेल उत्सुकता झन् झन् बढ्दै जाने रहेछ । त्यसपछि केहि समयको मोटरको यात्रा पछि पैदल यात्रा मार्फत स्मृति पार्क निर्माण स्थलतर्फ पुग्न सकिन्छ ।

स्थानियको भव्यस्वागत सँगै १ सय ४० रोपनी क्षेत्रफलमा फैलिएको स्मृति पार्क निर्माण स्थलसम्म पुगिन्छ ।

TAAN KTM TO KAVRE Arthatantra 11 TAAN KTM TO KAVRE Arthatantra 12 TAAN KTM TO KAVRE Arthatantra 13

आगामि ३ महिना भित्रै उक्त पार्क संचालनमा ल्याउने लक्ष्यका साथ टानले आफ्ना कार्यहरु अगाडि बढाएको छ । त्यहाँ पुगेपछि पहाडका चुचुराहरु, अर्थात् पर्वतमालाहरु र चारैतिरको मनोरम दृष्यले भोक प्यास, निन्द्रा र आफुले आफुलाई नै विर्सन पुगेको हो कि भन्ने आभास हुन्छ ।

 

TAAN KTM TO KAVRE Arthatantra 14

 

TAAN KTM TO KAVRE Arthatantra 15 TAAN KTM TO KAVRE Arthatantra photo1TAAN KTM TO KAVRE Arthatantra 16

TAAN KTM TO KAVRE Arthatantra 17 TAAN KTM TO KAVRE Arthatantra 18 TAAN KTM TO KAVRE Arthatantra 19
विभिन्न साँस्कृतिक कार्यक्रमको मनोरञ्जन र टेन्टभित्रको बास पछि फार्म ट्रिप अर्काे दिनको यात्रामा अगाडि बढ्छ । काभ्रेका विभिन्न स्थानमा अवस्थित गुम्बाहरु, नारायणस्थान मन्दिर, गुरु रिन्पोछेको पवित्र तिर्थस्थल यारीनारा घेलुङ पहराको गुफा र महाभारत पर्वतश्रृखलाको अध्ययन अवलोकन पछि भकुण्डेबेसी–काठमाडौ हुँदै टानको मिडिया फार्म ट्रिप सकियो ।

TAAN KTM TO KAVRE Arthatantra 20 TAAN KTM TO KAVRE Arthatantra 21 TAAN KTM TO KAVRE Arthatantra 22

 

काठमाडौ–पाँचखाल हुँदै काभ्रे तिमाल क्षेत्र र फेरी भकुण्डेबेसी हुँदै पुनः काठमाडौ सम्मको सून्दरता जति गहिरो थियो, त्यति लामो हाम्रो बसाई रहेन, किनभने समय थोरै थियो। मात्र एक रातको छोटो बसाईमा तिमाल क्षेत्रसँग बिदा मागेर मन गह्रौं बनाएर फर्कँदा काठमाडौमा हामीले भेटे जति सबैलाई भ्याएजति र सकेजति भन्न भ्यायौं । सुन्नेले सुन्न मन गर्‍यो कि गरेन त्यो थाहा भएन । जे होस नेपालको पुरै पहाडी बस्ती र समथर उपत्यकाको झल्को दिने तिमाल क्षेत्र नपुगे सम्म र त्यहाँ पुगेर बास नबसेसम्म जति बर्णन गरेपनि यात्राको आँखाभरिको दृष्यको वर्णन पूरा हुनै सक्दैन ।

प्रकाशित मिति : २०७३ साउन २४

वि.सं.२०७३ साउन २४ सोमवार १९:५३ मा प्रकाशित

You can share this post!

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...