back
Mega Long Ad

सेयरबजार किन लाग्यो अचानक ओरालो ?

काठमाण्डौं । सेयरबजार परिसूचक नेप्से इतिहासकै सबैभन्दा उच्च अंकले घटेको छ। सोमबार नेप्से अघिल्लो दिनको तुलनामा ८८ दशमलव ८१ अंक (५ दशमलव शून्य ३ प्रतिशत) घटेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

नेपाली सेयरबजारको दुई दशकको इतिहासमा यसअघि कहिल्यै पनि यति उच्च अंकले घटेको थिएन। सोमबार सर्किट बे्रकर लगाएर बजार बन्द गर्नुअघि नेप्से परिसूचक १ हजार ६ सय ७५ दशमलव ९१ अंकमा पुगेको थियो।

सोमबार बजार सूचकांकले कीर्तिमानी अंकको गिरावट व्यहोरेपछि नेप्सेले तत्कालका लागि लगातार उकालो लाग्ने सिलसिला गुमाएको विश्लेषकहरूले बताएका छन्। नेप्से अघिल्लो सातादेखि नै घट्दो प्रवृत्ति (बियरिस ट्रेन्ड)मा छ। अघिल्लो साताको बुधबार (१२ साउन) नेप्से १ हजार ८ सय ८७ अंकमा पुगेर ओरालो लाग्न थालेको थियो।

व्यापार रकममा पनि भारी कमी

पछिल्ला महिनामा औसत करिब २ अर्ब रुपैयाँको दैनिक व्यापार भएको नेप्सेमा सोमबार ८७ करोड ९४ लाख रुपैयाँभन्दा कमको सेयर व्यापार भयो। कारोबार संख्या पनि औसत १० हजारबाट झरेर ४ हजार ८ सयमा पुगेको छ। यस दिन नेप्सेमा १ सय ३० कम्पनीको ११ लाख ६२ हजार कित्ता सेयर व्यापार भयो।

माओवादीप्रतिको डर पनि कारण

कतिपय ब्रोकरले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पदारोहणबाट लगानीकर्ता डराएको बताएका छन्। खासगरी मारवाडी समुदायका लगानीकर्ता प्रचण्ड प्रधानमन्त्री बनेपछि त्रसित बनेको एक ब्रोकरले बताए। सेयरबजारमा प्रवाह हुने कुल लगानीमध्ये कम्तीमा ६० प्रतिशत मारवाडी समुदायको लगानी रहेको ब्रोकरहरूको अनुमान छ।

‘ठूलो समुदाय भए पनि उनीहरूको विचार समान छ र उनीहरू पहिलेदेखि नै माओवादीसँग सशंकित रहँदै आएका छन्,’ एक ब्रोकरले भने, ‘अहिले बजार घट्नुमा यो मुख्य कारण हो।’ अर्कोतिर बजार उचाइमा पुगिसकेको भन्ने तर्कहरू बाक्लिन थालेका वेला प्रचण्ड प्रधानमन्त्री हुनुलाई ‘घट्ने निहुँ पाएको’ टिप्पणी गर्नेहरू पनि कम छैनन्।

२५ साउन २०७३, ६।००

वि.सं.२०७३ साउन २५ मंगलवार १०:०९ मा प्रकाशित

You can share this post!

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

वि.सं.२०७८ असोज ७ बिहीवार १८:१३

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोपको मात्रा पुरा गरेको विदेशी...

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आर्थिक वर्ष २०७७-०७८...

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

वि.सं.२०७८ असोज ७ बिहीवार १७:१२

काठमाडौं । डीएफएसके नेपालले दशैं तिहार धमाका अफर ल्याएको छ...

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

वि.सं.२०७८ असोज ७ बिहीवार १७:०१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ लाख...

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

वि.सं.२०७८ असोज ७ बिहीवार १६:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा समीक्षा...

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

वि.सं.२०७८ असोज ७ बिहीवार १६:२७

काठमाडौं । चालु आर्थिक वर्षको साउन मसान्तसम्म संघीय सरकारले साढे...