back
Mega Long Ad

प्राध्यापकले २ करोड ४० लाख भ्रष्टचार गरेको भन्दै मुद्दा दायर !

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कार्यरत प्राध्यापक भरतराज पहारीविरुद्ध सोमबार भ्रष्टचार मुद्दा दायर गरेको छ ।

अख्तियारले प्राध्यापक पहारीले २ करोड ४० लाख १ हजार ५ सय ९९ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले पहारीसँग २ करोड ४० लाख बिगो र बिगोबरावरारको जरिवाना माग गरेको छ । पहारी र निजकी श्रीमती शोभा पहारीको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्न मागदाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले प्राध्यापक पहारीले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा उनीविरुद्ध छानबिन थालेको थियो। छानबिनका क्रममा पहारीले राष्ट्रसेवक कर्मचारी रहँदा पेस गरेको सम्पत्तिको विवरण तथा अनुसन्धानको क्रममा गरेको बयानसमेतबाट सम्पत्ति आर्जनको अवैधानिक स्रोत भएको वस्तुनिष्ठ आधारसमेतबाट निजको आयको तुलनामा विद्यमान सम्पत्ति अमिल्दो र अनियमितता पुष्टि भएको ठहर अख्तियारले गरेको छ ।

पहारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसुर पुष्टि हुन आएकाले बिगो र बिगोबराबरको जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

२५ साउन २०७३, १।४०, नयाँ पत्रिका

वि.सं.२०७३ साउन २५ मंगलवार १४:०६ मा प्रकाशित

You can share this post!

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...

विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाको तीव्र कार्यान्वयन, सहजीकरण गर्न आग्रह

विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाको तीव्र कार्यान्वयन, सहजीकरण गर्न आग्रह

वि.सं.२०७८ असोज ४ सोमवार १५:५८

काठमाडौंं । विश्व बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले...

सेयर बजार राताम्मे, होला त अर्थमन्त्रीको अभिव्यक्तिको असर ?

सेयर बजार राताम्मे, होला त अर्थमन्त्रीको अभिव्यक्तिको असर ?

वि.सं.२०७८ असोज ४ सोमवार १५:२६

काठमाडौ । भारी गिरावटसँगै सेयर बजार राताम्मे भएको छ ।...

यामाहाको सबैभन्दा सस्तो बाइक: कुन किन्दा कति छुट ? यस्ता छन् अफरहरु (मूल्यसहित)

यामाहाको सबैभन्दा सस्तो बाइक: कुन किन्दा कति छुट ? यस्ता छन् अफरहरु (मूल्यसहित)

वि.सं.२०७८ असोज ४ सोमवार १५:०२

काठमाडौं । नेपालमा मोटरसाइकलको प्रयोग बढ्दोक्रममा छ । मोटरसाइकल व्यक्ति...

पोखरा फाइनान्सको शाखा नेपालगञ्ज र कोहलपुरमा

पोखरा फाइनान्सको शाखा नेपालगञ्ज र कोहलपुरमा

वि.सं.२०७८ असोज ४ सोमवार १४:२६

पोखरा । पोखरा फाइनान्सले दुई नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको...