back
NMB ad

आविष्कार केन्द्र र १० मेगावाट हाइड्रो पावरबारे पुनले गरे पत्रकार सम्मेलन !

Kumari bank ad

काठमाण्डौं । सामाजिक अभियन्ता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि आफूलाई जनताको साथ मिलेकाले अब सरकारको आशा नगर्ने बताउँदै आजैबाट केन्द्र स्थापनाका लागि ‘महादान अभियान’ सुरु भएको समेत घोषणा गरेका छन्।

आविष्कार केन्द्र र केन्द्रको १० मेगावाट हाइड्रो पावरको योजनाबारे जनमानसमा भ्रम रहेकाले सो चिर्नका लागि आज पत्रकार सम्मेलनको आयोजना गरेका उनले आफूलाई सरकारले ५ करोड सहयोग गर्न लागेकोमा त्यति आफूले नै संकलन गर्न सक्ने बताएको जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा उनले अनुसन्धान केन्द्र स्थापनाको उद्देश्य, योजना र केन्द्रको दर्ता प्रक्रियाका विषयमा जानकारी गराउँदै आफूसँगै बोकेर ल्याएको लालपुर्जा देखाउँदै आफूले जग्गा बेचेर पनि केन्द्रमा लगानी गर्ने आँट राखेको बताए ।

उनले साउन १६ गते फेसबुकमार्फत लालपुर्जा सार्वजनिक गर्दै आफ्नो नाममा रहेको २८ रोपनी जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई दान दिएको उल्लेख गरेका थिए।उनले असार २८ गतेबाट सरकारसँग सहयोग नमाग्ने र आफू जनताका साथमा अघि बढ्ने यसअघि नै घोषणा गरिसकेका छन्।

२५ साउन २०७३, २।००

वि.सं.२०७३ साउन २५ मंगलवार १७:२५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...