
काठमाण्डौं । नेपालका लागि होन्डाका आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले काठमाडौंमा भब्य कार्यक्रम गरेर कम्प्याक्ट प्रिमियम एसयूभी होन्डा बि आर भी सार्वजनिक गरेको छ ।
७ सिट क्षमता भएको यो गाडी यो कार ६ वटा रंगमा उपलब्ध छन् । विभिन्न मोडेलमा उपलब्ध यो कारको मूल्य ४० लाखदेखि ५३ लाख रुपैयाँ पर्छ।
गाडीको अगाडिबाट बोल्ड र चौडा स्ट्यान्स दर्शाउने बिआर भीमा प्रोजेक्टर हेडल्याम्पस्, फ्रन्ट ग्रिल डिजाइन, र एलइडी पोजिसन ल्याम्पस् हाईलाइटस्का रुपमा रहेका छन् । ४४५६ एमएम लामो, १७३५ एमएम चौडा र १६६६ एमएम अग्लो यस गाडीमा २६६२ एमएम व्हीलबेस छ ।
२६ साउन २०७३, १२।३०
वि.सं.२०७३ साउन २६ बुधवार १३:०४ मा प्रकाशित