back
Kumari Bank

अण्डामा आत्मनिर्भर हुने लक्ष्य सहित ग्रामीण कुखुरा प्रवर्द्धन कार्यक्रम लागु !

काठमाडौँ । सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत आगामी एक वर्षभित्र देशलाई अन्डामा आत्मनिर्भर बनाउने लक्ष्य अनुसार साउन देखि ग्रामीण कुखुरा प्रवर्द्धन कार्यक्रम लागू गरेको पशुपक्षी विभागले जनाएको छ ।

नेपाल अण्डा उत्पादक संघका अनुसार हाल दैनिक २० लाख वटा अन्डा व्यावसायिक रुपमा उत्पादन भइरहेको छ । अहिले बजारमा अन्डाको खुद्रा मूल्य प्रतिवटा १३ रुपैयाँ तिर्नुपर्छ । व्यापारीले ११ रुपैयाँ तिरेर अन्डा आयात गर्दा वार्षिक एक अर्ब १० करोडको अन्डा भारतबाट आयात हुँदै आएको अनुमान गरिएको छ ।

पशुपक्षी विकास मन्त्रालयको तथ्याङकअनुसार हाल वार्षिक ९० करोड वटा अन्डा यहाँ उत्पादन हुन्छ । आगामी एक वर्षपछि सो उत्पादनमा ११ दशमलव ११ प्रतिश वृद्धि गर्न सक्दा मात्र एक वर्षभित्र नेपाल अन्डा उत्पादनमा आत्मनिर्भर हुने लक्षण देखिन्छ । व्यावसायिक रुपले अन्डा उत्पादन हुँदा वार्षिक ७२ करोड वटा र ग्रामीण क्षेत्रमा स्थानीय जातका कुखुराबाट १८ करोड गरी ९० करोडवटा अन्डा स्वदेशमा उत्पादन हुने गरेको संघले बताएको छ ।

आगामी वर्ष अन्डामा आत्मनिर्भर हुन सरकारले साउनदेखि ग्रामीण कुखुरा प्रवर्द्धन कार्यक्रम लागू गरेको छ । सो कार्यक्रम पूर्णरुपमा लागू भएपछि यहाँ वार्षिक झन्डै एक अर्बवटा अन्डा उत्पादन हुने अनुमान गरिएको छ ।

२६ साउन २०७३, १२।३०

वि.सं.२०७३ साउन २६ बुधवार १३:१७ मा प्रकाशित

You can share this post!

लघुवित्तमा ब्याजदर निर्धारणमा नयाँ व्यवस्था : साउन १ देखि आधारदर अनिवार्य

लघुवित्तमा ब्याजदर निर्धारणमा नयाँ व्यवस्था : साउन १ देखि आधारदर अनिवार्य

वि.सं.२०८२ असार २७ शुक्रवार ०७:१८

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले अबदेखि कर्जा प्रवाह गर्दा मनपरी...

छुटाउनुभयो कि ? सर्वसाधारणको लागि ७ लाख ७३ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुटाउनुभयो कि ? सर्वसाधारणको लागि ७ लाख ७३ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २७ शुक्रवार ०७:०९

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि...

आजको लागि विदेशी मुद्राको विनिमयदर   

आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार २७ शुक्रवार ०६:५४

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

पर्वतीय क्षेत्रमा बढ्दै जोखिम, हिमताल विस्फोटको खतरा   

पर्वतीय क्षेत्रमा बढ्दै जोखिम, हिमताल विस्फोटको खतरा   

वि.सं.२०८२ असार २७ शुक्रवार ०६:५१

प्रगति ढकाल काठमाडौँ : गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा...

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८२ असार २७ शुक्रवार ०६:४६

काठमाडौँ :  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार २७ शुक्रवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...