
काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधबार ४ वटा कम्पनीका १ करोड भन्दा बढी कित्ता बोनस तथा हकप्रद सेयर कारोबारका लागि सुचिकृत भएका छन् । आज बुधबार नेप्सेमा थपिएका कम्पनीको बोनस तथा हकप्रद सेयरको संख्या १ करोड ९७ लाखभन्दा बढी पुगेको छ ।
आज सूचिकृत हुने कम्पनीमा नागरिक लगानी कोषको १५ लाख ७५ हजार कित्ता बोनस सेयर कारोबारका लागि नेप्सेमा सुचिकृत भएका छन् । त्यस्तै, इन्नोभेटिभ डेभलपमेण्ट बैंकको ४ लाख ५ हजार कित्ता बोनस शेयर तथा १० लाख कित्ता हकप्रद सेयर पनि नेप्सेमा सुचिकृत भएका छन् ।
फेवा विकास बैंकको १७ लाख ८७ हजार ८ सय ४६ कित्ता बोनस सेयर पनि नेप्सेमा बुधबार मात्रै सुचिकृत भएका छन् । त्यस्तै, माछापुछ्रे बैंकको ५३ लाख ३० हजार ४ सय कित्ता बोनस सेयर पनि नेप्सेमा सुचिकृत भएका छन् । यी ४ संस्थाको मात्र गरी नेप्सेमा १ करोड ९८ हजार २ सय ४६ कित्ता सेयर सुचिकृत भएका हुन् ।
त्यस्तै आजै मात्र कृषि विकास बैंकको ५१ लाख ३६ हजार तथा कास्की फाइनान्सको ४ लाख ८९ हजार ४ सय ७९ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको छ ।
२६ साउन २०७३, ११।००
वि.सं.२०७३ साउन २६ बुधवार १४:१५ मा प्रकाशित