back
Mega Long Ad

निर्देशक खड्काले दिए ३ सय ट्यांकर किन्ने अनुमति, नियम मिचेको आरोप !

काठमाण्डौं । कानुनी प्रक्रिया मिच्दै मोटो रकम चलखेलमा नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर खरिद अनुमति दिएका छन्।

यसअघि पनि पटक पटक विवादित निर्णय गरेका खड्काले पछिल्लोपटक निगम सञ्चालक समितिलाई जानकारी नै नदिई चोरबाटोबाट सेटिङ मिलाएर करिब ३ सय ट्यांकर खरिदको अनुमति दिएका हुन्।

इन्डियन आयल कर्पोरसन (आईओसी)बाट डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन ढुवानी गर्ने ट्यांकर खरिद अनुमतिमा करिब ३ करोड रुपैयाँ घोटाला भएको निगम स्रोतले जनायो।

अहिलेसम्म करिब १५ सय ट्यांकरले पेट्रोलियन ढुवानी गर्दै आएकोमा अपुग भएकाले थप ट्यांकरलाई अनुमति दिइएको निगमको दाबी छ।

नेपाल पेट्रोलियम ढवानी व्यवसायी महासंघका पदाधिकारीको नेतृत्वमा नयाँ अनुमति पाउने व्यवसायीसँग् निगममा सेटिङ मिलाउन भन्दै १ लाख १५ हजार रुपैयाँका दरले रकम उठाइएको एक व्यवसायीले बताए।

नागरिक दैनिक, २७ साउन २०७३, ८।००

वि.सं.२०७३ साउन २७ बिहीवार ०८:३८ मा प्रकाशित

You can share this post!

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने, बोनस कति ?

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ८ शुक्रवार १८:०७

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको...

‘विश्व बजारमा नेपाली मौलिक चिनारीको माग, निर्यातमा प्रकृयागत जटिलता’

‘विश्व बजारमा नेपाली मौलिक चिनारीको माग, निर्यातमा प्रकृयागत जटिलता’

वि.सं.२०७८ असोज ८ शुक्रवार १७:२६

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको बजार प्रर्वद्धन निर्यात अभिवृद्धिको...

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२९

काठमाडौं । यसअघि नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नती...

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:४२

काठमाडौं । माई बेनी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको...

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:२७

काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं, तिहार तथा...

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, अहिलेसम्म कतिले दिए आवेदन ?

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, अहिलेसम्म कतिले दिए आवेदन ?

वि.सं.२०७८ असोज ८ शुक्रवार १४:४१

काठमाडौं । साहस उर्जाको साधारण सेयर (आइपीओ) मा लगानीकर्ताको ओइरो...