back
Mega Long Ad

अब ईपीएसका परीक्षार्थीले परीक्षाकै दिन नम्बर हेर्न पाउने !

काठमाण्डौं । ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् । परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्यो भन्ने जानकारी परीक्षा दिने बित्तिकै दिने तयारी गरिएको हो ।

काम गर्न दक्षिण कोरिया जान चाहनेले सन् २०१९ देखि अनिवार्य रुपमा कम्प्युटरमै परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ । ग्रामीण क्षेत्रका युवाले पनि कोरिया जानका लागि कम्प्युटरका आधारभूत ज्ञान हासिल गर्नुपर्नेछ । यो व्यवस्थासँगै परीक्षा लिने बित्तिकै प्राप्तांक देखाउने प्रणाली विकास गर्न लागिएको हो । हाल परीक्षा दिएपछि नतिजा थाहा पाउन लामो समय कुर्नुपर्ने बाध्यता छ ।

कागजी प्रणालीमा परीक्षा लिइने भएकाले परीक्षा गर्न लामो समय लागेको हो । कम्प्युटर प्रणलीबाट परीक्षा लिएपछि उत्तर मिलेनमिलेको सिस्टमले परीक्षण गर्ने व्यवस्था हुनेछ ।

सोही आधारमा कुन प्रश्नको उत्तर मिल्यो वा मिलेन अनि कति अंक प्राप्त भयो भन्ने जानकारी परीक्षार्थीलाई देखाउन लागिएको हो । कोरिया जाने परीक्षार्थी अब कम्प्युटरमा पनि साक्षर हुनुपर्ने भएका छन् ।

२७ साउन २०७३, ८।३०

वि.सं.२०७३ साउन २७ बिहीवार ०९:२१ मा प्रकाशित

You can share this post!

विद्यालय संञ्चालनलाई सुरक्षित बनाउँदै, प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालय बनाउने

विद्यालय संञ्चालनलाई सुरक्षित बनाउँदै, प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालय बनाउने

वि.सं.२०७८ भदौ २८ सोमवार १८:४६

काठमाडौं । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एशिया क्षेत्रका सदस्य राष्ट्रहरूले...

नेपाल विद्युत प्राधिकरणको लिखित नतिजा प्रकाशित, क–कसको निस्कियो नाम ?

नेपाल विद्युत प्राधिकरणको लिखित नतिजा प्रकाशित, क–कसको निस्कियो नाम ?

वि.सं.२०७८ भदौ २८ सोमवार १८:०९

काठमाडौं । लोकसेवा आयोगले नेपाल विद्युत प्राधिकरणको विभिन्न पदको लिखित...

लिखित परीक्षा सम्बन्धी लोकसेवा आयोगले जारी गर्यो अत्यन्त जरुरी सूचना

लिखित परीक्षा सम्बन्धी लोकसेवा आयोगले जारी गर्यो अत्यन्त जरुरी सूचना

वि.सं.२०७८ भदौ २८ सोमवार १७:१३

काठमाडौं । लोकसेवा आयोगले लिखित परीक्षा कायम सम्वन्धी सूचना निकालेको...

राष्ट्र बैंकले सार्वजनिक गर्यो लिखित नतिजा, क–कसको निस्कियो नाम ?

राष्ट्र बैंकले सार्वजनिक गर्यो लिखित नतिजा, क–कसको निस्कियो नाम ?

वि.सं.२०७८ भदौ २८ सोमवार १४:०९

काठमाडौं । लोकसेवा आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाले...

काठमाडौँ महानगरलाई साक्षर नगर घोषणा, ९६.६० प्रतिशत साक्षर !

काठमाडौँ महानगरलाई साक्षर नगर घोषणा, ९६.६० प्रतिशत साक्षर !

वि.सं.२०७८ भदौ २२ मंगलवार १०:३२

काठमाडौँ । काठमाडौँ महानगरलाई साक्षर नगर घोषणा गरिएको छ ।...

सामुदायिक शिक्षाको स्तर उकास्न महानगरले लगानी बढाएको छ : प्रमुख शााक्य

सामुदायिक शिक्षाको स्तर उकास्न महानगरले लगानी बढाएको छ : प्रमुख शााक्य

वि.सं.२०७८ भदौ २१ सोमवार १३:२८

काठमाडौं । आजबाट नवयुग माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव सञ्चालनमा आएको...