back
NMB ad

एफपिओका लागि धितोपत्रबोर्डले बनायो मापदण्ड, चार सूचकलाई आधार मानिने !

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्रबोर्डले सार्वजनिक निष्काशन गरी सूचिकृत भईसकेका कम्पनीको फर्दर पब्लिक इस्यू ९एफपिओ० को मूल्य निर्धारण विधि तथा आधारहरु तयार गरेको छ ।

यो विधी कार्यान्वयनमा आएपछि एफपिओको मूल्य निर्धारणमा एकरुपता आउने र अंकित मूल्य भन्दा बढी मूल्य तोकी निष्काशन गर्दा मूल्य निर्धारण प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी हुने बोर्डले अपेक्षा गरेको छ ।

बोर्डले एफपिओको मूल्य निर्धारणका आधार र विधिहरु सिफारीश गर्न गठन गरेको समितको प्रतिवेदनका आधारमा मूल्य निर्धारण विधि तयार पारेको हो । अब ४ वटा सूचकलाई मुख्य विषय बनाई मूल्य निर्धारण हुने भएको छ। जसमध्ये पुँजीकृत आम्दानी (क्यापिटलाइज्ड अर्निङ), प्रतिसेयर खुद सम्पत्तिको मूल्य (नेट वर्थ पर सेयर), पछिल्लो १ सय ८० दिनको औसत मूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) लाई मुख्य आधार बनाइने बोर्डले जनाएको छ।

विशेषगरि सम्बन्धित कम्पनीको पूँजीकृत भएको आम्दानी, प्रतिसेयर खुद सम्पतिको मूल्य, १८० दिनको औषत बजारमूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यको आधारमा एफपिओको मूल्य निर्धारण गरिनेछ ।

२९ साउन २०७३, १।००

वि.सं.२०७३ साउन २८ शुक्रवार १५:३९ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...