back
NMB ad

रियो ओलम्पिक: आजबाट एथ्लेटिक्सको प्रतिस्पर्धा, नेपालका दुई सहभागी !

Kumari bank ad

काठमाण्डौं । ब्राजिलमा जारी रियो ओलम्पिककमा आजबाट एथ्लेटिक्सतर्फका प्रतिस्पर्धा सुरु हुँदैछन्। नेपालबाट पनि एथ्लेटिक्समा दुई खेलाडीले भाग लिँदै छन्। महिलातर्फ सरस्वती भट्टराईले १५ सय मिटर तथा पुरुषतर्फ हरिकुमार रिमालले ५ हजार मिटरमा प्रतिस्पर्धा गर्नेछन्।

सरस्वतीले नेपाली समयअनुसार शनिबार बिहान ५.१५ बजे प्रतिस्पर्धा गर्नेछिन्। उनले हिट चरणमा एक नम्बरको हिटमा अन्य १३ खेलाडीसँगै प्रतिस्पर्धा गर्नेछिन्।

रियोमा सरस्वतीको लक्ष्य व्यक्तिगत समयमा सुधार गर्ने रहेको छ। १२ औं दक्षिण एसियाली खेलकुदमा १५ सय मिटरमा सहभागिता जनाएकी उनले ४ मिनेट ४०.०४ सेकेण्डको समयमा दुरी पूरा गरेकी थिइन्।

यस स्पर्धामा राष्ट्रिय रेकर्ड भने राजकुमारी पाण्डेको नाममा रहेको छ। सन् १९९० को बेइजिङ एसियान गेम्समा ४ मिनेट ३४।४७ सेकेण्डको उनको कीर्तिमान २६ वर्षसम्म कसैले पनि तोड्न सकेको छैन।

रियोमा महिलातर्फ १५ सय मिटरमा ३ हिटमा प्रतिस्पर्धा हुनेछ। जसमा कुल ४२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। हरेक हिटबाट शीर्ष ६ मा रहने खेलाडी सिधै सेमिफाइनलमा प्रवेश गर्नेछन् भने बाँकी मध्येबाट उत्कृष्ट समय रहेका ६ खेलाडी पनि छनोट हुनेछन्।

२९ साउन २०७३, १।००

वि.सं.२०७३ साउन २८ शुक्रवार १५:४५ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...