काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि एक सातादेखि भारतमा छन्। त्रिवि शिक्षण अस्पतालमा परीक्षणक्रममा यादवको पिसाब नलीमा संक्रमणसाथै प्रोस्टेटसम्बन्धी समस्या देखिएपछी भारत गएका हुन् ।
उनी अघिल्लो बिहीबार चण्डीगढस्थित पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च सेन्टरमा भर्ना भएका हुन्।
यसैबीच सरकारले पूर्वराष्ट्रपतिको उपचारका लागि दस लाख रुपैयाँ दिने भएको छ। अघिल्लो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वराष्ट्रपति यादवलाई उपचार गराउन बिल प्राप्त भएपछि हिसाब मिलाउने गरी पेस्कीस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
पारिवारिक स्रोतका अनुसार यादवको प्रोस्टेटमा जटिल समस्या देखिएपछि उनलाई भारत लगिएको हो। पूर्वराष्ट्रपति यादव २० गते बिहान ९ः ५० बजे जेट एयरको विमानबाट दिल्ली हुँदै चण्डीगढ पुगेका हुन्।
प्रकाशितः २०७३ साउन २८
वि.सं.२०७३ साउन २८ शुक्रवार १६:३७ मा प्रकाशित