back
NMB ad

मन्त्रीको पासोमा प्रधानमन्त्री प्रचण्ड !

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले परिणाम देखिने गरी र सवैले सम्झने गरि आफूले काम गर्ने बताइरहेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व लिएकै दिन आफूसँग समय कम भएको बताएजस्तै प्रचण्डले पनि समय कम भएकाले रातदिन खटेर जनताको पक्षमा काम गर्ने पदवहालीकै क्षणमा गरे ।

तर, उनले अझै मन्त्रिपरिषदलाइृ पूर्णता त के सरकारमा रहेका प्रमुख दुई दलबाटै मन्त्री बनाउन सकिरहेका छैनन। १९ साउनमा प्रधानमन्त्री निर्वाचित भई २० साउनबाट काम थालेका प्रचण्डले मन्त्रीको अभावमा आफूले चाहेको गतिमा काम गर्न सकेका छैनन् ।

प्रचण्डले प्रधानमन्त्रीको शपथ लिएकै दिन दुई उपप्रधानसहित ६ सदस्यीय मन्त्रिमण्डढल गठन गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले गत मंगलबार थप तीन विनाविभागीय मन्त्री थपेका छन् ।

मन्त्रिपरिषदलाई पूर्णता दिएर अघि बढ्न खोजे पनि उनले प्रमुख सत्तासाझेदार दल कांग्रेसबाट मात्र होइन, आफ्नै पार्टी माओवादी केन्द्रबाट पनि सरकारमा सहभागी हुने व्यक्तिको टुंगो लगाउन सकेका छैनन् । दुवै पार्टीमा आकांशक्षी धैरै हुँदा मन्त्रीको टुंगो लाग्न नसकेको हो ।

पार्टीभित्रको गुटबन्दीको असर सरकार गठनमा पनि देखिएको छ ।गुटसँगै कमाउ मन्त्रालय सबैको प्राथमिकतामा पर्दा मन्त्रीको टुंगो लगाउन दुबै दलका नेतृत्वलाई मुस्किल परेको हो ।

कांग्रेसले नेविसंघको महाधिवेशनको नाममा मन्त्री  पठाउन नसकिएको जनाउँदै आएको छ । तर पार्टी भित्रेको आन्तरिक समस्याका कारण कांग्रेसले मन्त्री छान्न सकेको छैन ।

माओवादीमा पनि मन्त्रीको आकांक्षी दुई दर्जनभन्दा धेरै हुदा प्रधानमन्त्री प्रचण्ड अलमलमा परेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ साउन २९

वि.सं.२०७३ साउन २९ शनिवार ०९:५९ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...