back
NMB ad

साँच्चै नमूना कि, जग्गा ओगट्ने मेसो ?

Kumari bank ad

हरिशरण न्यौपाने,काभ्रे । सकिन्छ भने सगरमाथाको चुचुरोमा नै पुगौं, सकिन्न भने पनि उच्च स्थानमा पुगेर चारै तिर देख्ने मन कसलाई हुँदैन र ? उच्च स्थानमा पुगेर चारै तिरको खुल्ला आकाशलाई छानो बनाएर बस्दा कसको मनले नराम्रो मान्ला र ! साँच्चै त्यस्ता स्थानहरु आफैंमा रमाइला हुन्छन् र महत्वपूर्ण पनि । तर पनि कतिपयले यस्तो स्थानमा पुग्ने कल्पनासम्म पनि गर्न सकेका हुँदैनन् । मन भएरै पनि कतिपयलाई भौतिक रूपमा उपस्थित हुन सक्ने त्यस्ता ठाउँहरु नै छैनन् ।

TAAN PARK ARTHATANTRA 2

हुन त राजधानी काठमाडौमै रहेर पहाडी क्षेत्रको अनुभव लिन थुप्रै थुम्काहरु नजिकै छन् । तर राजधानी सँगै पूर्वतिर जोडिएको काभ्रे र ७३ किलोमिटर दूरी टाढा रहेको तिमाल डाँडाबाट देखिने अनौठो र सुन्दर दृष्य भने त्यहिं मात्रै छ । एउटा यस्तो पहाड छ, जहाँ समथर भिरालो जमिन र छंगाछुर भिर सहित सल्लोका रुखहरु रहेको त्यो पहाडमा बसेर उत्तरतर्फ लहरै हिमश्रृखलाहरुको दृष्यावलोकन गर्न सकिन्छ । तिमाल डाँडोमा एक फन्को मार्दा पूर्व–पश्चिम–उत्तर–दक्षिण जता हेरेपनि खुल्ला देख्न सकिन्छ । चारैतिर खुल्ला आकाश अनि पर्वतमालाहरुले घेरिएको त्यो उच्च स्थानमा पुग्दा कतै यो भन्दा अरु आनन्दको अनुभूति गराउने स्थान नै छैन कि क्या हो भन्ने पनि हुनसक्छ ।

TAAN PARK ARTHATANTRA 1

यहि भएर नै होला स्थानीय सामुदायीक वन समितिको अधिनमा रहेको त्यो जग्गामा ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) ले आफ्नो ध्यान केन्द्रित गरेर त्यस क्षेत्रलाई पर्यटकीय हब बनाउने गुरुयोजना सहित आफ्ना कार्यक्रम अगाडि बढाएको छ ।

५ वर्ष अगाडि टानको अघिल्लो कार्यसमितिको निर्णयअनुसार उक्त स्थान स्मृति उद्यानका लागि छनौट गरिएको हो । उक्त उद्यानलाई राष्ट्रिय स्तरको परियोजनाकै रुपमा अगाडि बढाईने उद्घोष गरिएको छ । वर्तमान कार्यसमितिले त्यसलाई मूर्तरुप दिलाउन काभ्रेको स्थलगत अध्ययन सहित भ्रमण सम्पन्न गरेको छ । प्रबिधिकहरुको एक साताको अध्ययन पछि उद्यानबारे विस्तृत विवरण सार्वजनिक गरिने बताईएको छ । त्यस्तै सरोकार पक्ष सबैको सहयोग भएमा ३ महिनासम्ममा उद्यान निर्माणको कार्यआरम्भ (शिलान्यास) गरिने टानले जनाएको छ ।

TAAN PARK ARTHATANTRA 3

के छ त तिमाल डाँडामा ?

परियोजनाको नाम : टान पर्यटन स्मृति उद्यान(टान टूरीजम मेमोरियल पार्क)
क्षेत्रफल: १ सय ४० रोपनी
उचाई : १ हजार ९ सय ४५ मिटर

TAAN PARK ARTHATANTRA

पार्क स्थानीय सामुदायिक वन क्षेत्र भित्र पर्दछ ।

TAAN PARK ARTHATANTRA 5

दिगो पर्यटन विकासका निम्ति भनेर सामुदायीक वनले उक्त क्षेत्र टानलाई हस्तान्तरण गर्ने निर्णय गरिसकेको छ । उद्यानमा विशेषत : दिवंगत पर्यटन क्षेत्रका श्रमिक एवं पर्यटन सम्वद्ध व्यक्तिहरुकोे प्रतिमा, उनीहरुको सम्झनास्वरुपका बिबिद्य पर्यटकीय आकर्षणका गतिबिधि सञ्चालन गरिनेछ । पार्क स्थलमा पर्यटन क्षेत्रमा लाग्दा लाग्दै दिबंगत भएकाहरुको सम्झनामा रुख रोप्न सकिने र दिबंगत भएका व्यक्तिको नाममै उक्त रुखको नामाकरण गरिने व्यवस्था मिलाइनेछ । यसले त्यस स्थानलाई एक तिर्थस्थलकोरुपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ ।

TAAN PARK ARTHATANTRA 4.1

पर्यटन क्षेत्रकै नमूना बन्ने

टानका महासचिव कर्ण लामाका अनुसार त्यस क्षेत्रमा तामाङ लगायत जनजातीको संग्राहलयका साथै पिकनिक स्थलको रुपमा पनि विकास गरिनेछ । पिकनिक स्थलको रुपमा विकास गर्दा आर्थिक सबलता कायम गर्न सकिने टानको बुझाई छ । लामाका अनुसार पार्क पर्यटन क्षेत्रकै नमूना र ऐतिहासिक महत्व झल्काउने किसिमको हुनेछ ।

TAAN PARK ARTHATANTRA 4

गुम्बा र अन्य सार्वजनिक क्षेत्र समेट्ने उक्त उद्यानस्थलको विकास र प्रबद्र्धन गुरुयोजना तयार गर्न केहि दिनमै प्राबिधिक टोली पुग्नेछ । त्यसले एक साताभित्र आवश्यक सबै अध्ययन प्रतिबेदन सार्वजनिक गर्नेछ । राष्ट्रियस्तरको परियोजनाका रुपमा हेरिएको उक्त पार्क सरकार, स्थानीयहरु र अन्तर्राष्ट्रिय दाताहरुको सहयोगमा निर्माण सम्पन्न गरिने बताइएको छ ।

तिमाल डाँडा प्राकृतिक, भौगोलिक, साँस्कृतिक, ऐतिहासिक सबै हिसाबले उत्कृष्ट छ । पक्की सडकको व्यवस्था भएमा २ घण्टामै तिमाल क्षेत्र पुग्न सकिन्छ ।

करौंडौ रकम खर्च हुने अनुमान गरिएको परियोजनाको ५ महिनाभित्रै सबै गुरुयोजना तयार गरिसक्ने टानले जनाएको छ । ग्रेट बुद्धिष्ट मास्टर ट्रेल भनेर पनौतीदेखि नमोबुद्ध,तिमाल महाभारतको लेकमा पहिला नै गन्तव्यको पहिचान गरेर त्यसको उजागर गरिसकेको र त्यसको साईटकारुपमा पर्यटन स्मारक उद्यान बनाउन लागिएको छ ।

क्यानोनिङ समेतको सम्भावना

यो क्षेत्रमा जैविक वनस्पती रोप्ने, कृषि/पर्यटनलाई सँगसँगै अगाडि बढाउन सक्ने सम्भावना रहेको छ । डाँडाकाँडा सँगै नदिनाला झरनाहरु भएका कारण क्यानोनिङ गर्न सकिने्, जनजातिको बसोबास भएका कारण उनीहरुको आफ्नै मौलिक कला संस्कृति भएको स्थलकारुपमा तिमाल क्षेत्रलाई हेरिएको छ ।

जीवनमा अविस्मरणीय यात्रा गरेको महशुस गर्ने भएकाले पर्यटकलाई त्यहाँ पुर्याउन सकिने स्थानीयहरुको दाबी रहेको छ ।

पर्यटकको चाहनाअनुरुप तिमालमा बास

टानले उक्त कार्यलाई सफल बनाउन टानका बरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पाको संयोजकत्वमा एक छुट्टै कार्यसमिति पनि बनाएर कार्य अगाडि बढाईरहेको टानका प्रथम उपाध्यक्ष तेज गुरुङले जानकारी दिए । एडमण्ड हिलारीको पालादेखि नै काभ्रे तिमालका तामाङहरुले भारी नबोकेको भए अहिले पर्वतीय पर्यटन र पदयात्रा नै अधुरो रहने भन्दै पर्यटन व्यवसायीले ती विषयबारे उजागर गराउनुपर्ने खाँचो रहेको पनि बताएका छन् । होमस्टेको बसाई वा क्याम्पिङ ट्रेक जुनसुकै हिसाबले तिमाल क्षेत्रमा पर्यटकको बसाईलाई आरामदायी बनाउन सकिने पर्यटन व्यवसायीहरु बताउँछन् ।

टानले केहि दिन पहिले संचारकर्मीहरुलाई ट्रेकिङको अनुभव सँगै त्यस क्षेत्रका विषयमा प्रचार प्रसार र प्रबद्र्धन गर्न मिडिया फार्म ट्रिप नै आयोजना यी सबै विषयबारे जानकारी दिएको हो । फार्म ट्रिपमा पर्यटन बोर्डका प्रतिनिधि, टान कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु र पर्यटन व्यवसायीहरु, पर्यटन पत्रकार संघ (जाट) नेपालका पदाधिकारी एवं सदस्यहरु, राष्ट्रिय मिडियाका संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

TAAN PARK ARTHATANTRA 10
एक समय पर्यटनको राम्रो गन्तव्य बनेको तिमाल डाँडालाई पुन पर्यटकीय आकर्षणको केन्द्र बनाउन टान लागिपरेको भन्दै टानका सदस्य सूर्य घिमिरेले त्यस क्षेत्रको आम्दानीको मुख्य स्रोत बुद्धचित्तको अभियानमा जलवायु परिवर्तनका कारण ठेस लाग्न सक्ने तर पर्यटन अभियानमा भने कुनै किसिमको ठेस नलाग्ने बताए ।

धेरै पर्यटकीय सम्भावना बोकेको तिमालमा टानले चार वर्ष अगाडि महाभारत लालिगुराँस ट्रेकिङ ट्रेल, द ग्रेट बुद्धिष्ट मास्टर ट्रेललाई उजागर गरेको थियो ।

TAAN PARK ARTHATANTRA 7

होमस्टेको विकास गरि काभ्रेको तिमाललाई देशकै नमूना पर्यटकीय स्थल बनाउन टानले ससक्त कार्यक्रम अगाडि बढाएको टानका द्धितिय उपाध्यक्ष राम सापकोटाले बताए ।

टानले स्थान ओगट्न खोजेको त होईन ?

पछिल्लो समय काभ्रेमा तरकारी र दूधपछि तेस्रो लिडिङ एक्सपोर्ट ब्राण्डको रुपमा बुद्धचित्त रहेको छ । बुद्धचित्त सँगै तिमाल डाँडाको स्थानीय संस्कृति, परम्परा र संरचनालाई कायम गरी नमूना पर्यटकीय गाउँका रूपमा विकास गर्न सकिने देखेपछि टानले योजनालाई समेटेको हो । जुन दिन टानले मिडिया फार्म ट्रिप आयोजना गरेर बिबिद्य साँस्कृतिक कार्यक्रम गरिरहेको थियो, त्यस दिन उत्साहित हुँदै सयौंको संस्ख्यामा स्थानीयहरु कार्यक्रममा सहभागी थिए । सहभागीमध्ये केहि व्यक्तिहरु कनेखुसी गरेर खास्स खुस्ख कुरा गर्दै थिए । कतै टानले गाउँमा पर्यटकहरुको लर्काे लगाउँछु भन्दै हाम्रो क्षेत्रको महत्वपूर्ण स्थान ओगट्न खोजेको त होइन ? स्थानीयको यो खास्स खुस्स कुरा भएपनि झस्काउने खालकै थियो । हामी यति भन्छौं, स्थानीयका ती आशंका आशंकामै सिमित रहुन् । त्यसभन्दा माथि बढ्न नपाउन् । टानको यो कार्य स्थान ओगट्ने मेसो भन्दा पनि साँच्चै नमूना कार्य हुन सकोस्, हाम्रो पनि शुभकामना !

TAAN PARK ARTHATANTRA 8 TAAN PARK ARTHATANTRA 9 TAAN PARK ARTHATANTRA 11

प्रकाशित मिति : २०७३ साउन २९ गते ६ः०० बजे

वि.सं.२०७३ साउन २९ शनिवार १८:१३ मा प्रकाशित

You can share this post!

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०१

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)...

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...