back
mega bank Ad
Hero Ad

अब सवै सरकारी जागिर लोकसेवाको परीक्षाबाट

काठमाडौं । संविधानले थप गरेको क्षेत्राधिकारबमोजिम संघीय सरकारी सेवासहित संगठित संस्थाहरुको परीक्षा सञ्चालनको कानुनी प्रबन्ध गर्न सरकारले लोक सेवा आयोगको काम कर्तव्य र अधिकार स्म्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ ।

नयाँ संविधानले आयोगलाई सुरक्षा निकाय, संस्थान सेवा तथा अन्य सरकारी स्वामित्वका संगठित संस्थाको कर्मचारी नियुक्तिसम्बन्धी परीक्षा सञ्चालनको दायित्व थप गरेको छ । थपिएको भूमिकाअनुसार कानुन व्यवस्था गर्न सरकारले आयोगको मौजुदा ऐन संशोधन प्रस्ताव संसदमा दर्ता गरेको हो । संवैधानिक प्रबन्ध र प्रस्तावित विधेयकको व्यवस्थाअनुसार शिक्षक सेवा आयोग र विश्वविद्यालय सेवा आयोगबाहेकका अन्य निकायको लिखित परीक्षा अब लोक सेवा आयोगले लिनेछ ।

यसअघि निजामती सेवाको परीक्षा सञ्चालन र नतिजा प्रकाशनको प्रमुख जिम्मेवारी आयोगलाई थियो । अन्य सरकारी स्वामित्वमा रहेका स्वायत्त संस्थाहरुले आयोगको प्रतिनिधि राखेर परीक्षा सञ्चालन गर्ने गरेका थिए । आजको गोरखापत्र दैनिकबाट ।

प्रकाशितः २०७३ साउन ३०

वि.सं.२०७३ साउन ३० आइतवार १०:१३ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...