
काठमाण्डौं । नेपाल प्रहरीले प्रहरी सहायक निरक्षक पदमा जागिर खुलाएको छ । प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर्ना तथा छनौट विभागले ५ सय ५१ जना सहायरक निरीक्षक माग गरेको हो ।
आज एक विज्ञापन प्रकाशित गर्दै खुलातर्फ २९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ जना र अमर प्हरी परिवारतर्फ ११ जना सहायक निरीक्षकका लागि भर्ना खुलेको हो । दरखास्त आवदेन भदौ १२ गतेदेखि खुल्नेछ ।
असोज १० गतेसम्म योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस–टु वा सो सरह उर्त्तीण गरेकाले आवदेन दिन सक्नेछन् ।
३० साउन २०७३, ९।००
वि.सं.२०७३ साउन ३० आइतवार ११:३० मा प्रकाशित