
काठमाण्डौं । नेपाली अटोबजारमा एकपटक फेरि बुम आउने भएको छ। सरकारले नीजि क्षेत्रलाई २ हजार पाँच सय ५३ वटा गाडी खरिद गर्नका लागि अनुमति दिएको छ।
यसका साथै, भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका जनताका लागि भनेर सरकारले १५ सय ट्याक्सी वितरणका लागि फारम भराउने काम समेत गरिरहेको छ।
त्यस्तै नेपाल आयल निगमले एलपी ग्याँस आयात गर्नका लागि सातसय ५३ वटा गाडी खरिद गर्न अनुमति दिइसकेको छ भने तीनसय वटा इन्धन ट्याङ्कर खरिद गर्न अनुमति पनि दिइसक्यो । १५ सय ट्याक्सीका लागि अहिले मुख्य प्रतिस्पर्धामा हुन्डाईको इओन मोडेल र सुजुकीको अल्टोबीच धेरै प्रतिस्पर्धा रहनेछ। यी दुई ब्राण्ड नै पछिल्लो समयमा ट्याक्सीमा प्रतिस्पर्धा गरिरहेका छन् ।
करिब ६ अर्ब रुपैयाँको बराबरको यो कारोबारको अनुमतिसँगै ट्राफिक व्यवस्थाको बारेमा पनि थप चिन्ता बढेको छ ।
३१ साउन २०७३, ११।००
वि.सं.२०७३ साउन ३१ सोमवार ११:२० मा प्रकाशित