
काठमाण्डौं । आपूर्ति मन्त्रालयको नेतृत्वमा भोलि मंगलबारदेखि विशेष बजार अनुगमन सुरु हुने भएको छ । सोमबार सबै प्राविधिक तयारी सकाएर मंगलबारबाट अनुगमन थाल्न लागेको आपूर्ति मन्त्रालयले जनाएकोछ ।
मुख्य रुपमा बजारमा भइरहेको कालोबजारी, अद्याद्य वस्तुको विक्री वितरण, अस्वाभाविक मूल्यवृद्धि, मिसावट, मिति नाघेका खाद्य पदार्थको विक्री वितरणर गुणस्तरहिनतालाई नियन्त्रण गर्नेगरी अनुगमन सुरु गरिने बताइएको छ ।
यस अन्तरगत विशेष गरी दैनिक उपभोग्य वस्तुका ठूला विक्रेतादेखि खुद्रा विक्रेताहरुकोमा सरकारी अनुगमन टोली पुग्नेछ ।
३१ साउन २०७३, ११।००
वि.सं.२०७३ साउन ३१ सोमवार १३:०४ मा प्रकाशित