
काठमाण्डौं । न्युयोर्कका एक अर्बपतिले आइसक्रिम चोर पत्ता लगाउनेका लागि ५ हजार डलर पुरस्कारको घोषणा गरेका छन् ।
जोन क्याट्समतिदिस किराना सामानको कारोबारका लागि निकै चर्चित नाम हो । उनी मेयर पदको चुनाव पनि लडिसकेका व्यक्ति हुन् । आफ्नो ट्विटर मार्फत जोनले पुरस्कारको घोषणा गरेका हुन् ।
जोनका अनुसार चोरहरुले उनको होलसेल दुकानबाट आइसक्रिमका कार्टुन चोरेर लैजान्छन् र त्यसलाई साना साना पसलमा लगेर बेच्दछन् । त्यस्ता साना पसललाई बोदगास भनिन्छ ।
पुलिसका अनुसार अहिलेसम्म आइसक्रिमको कार्टुन चोरी भएका विभिन्न अढाइ सय उजुरी परिसकेका छन् । यस मामिलामा १ सय ३० जना पक्राउ परिसकेका छन् ।
ग्रिसटेड्स सुपरमार्केटका मालिक जोनका अनुसार यी चोरहरुले न्युयोर्कका सुपरमार्केट ध्वस्त पारिरहेका छन् । यस्ता चोरहरुलाई बोदगासले उक्साउने गरेका छन् ।
यो हप्ता उनको सुपरमार्केटबाट आइसक्रिम चोर्ने कोसिस भयो । चोरको त्यो कर्तुत क्यामरामा कैद भयो । एक पुरुष र एक महिला चोरले आइसक्रिमका ४० डिब्बा आफ्नो थैलीमा हालेर पसलबाट भागे । तर जब ती आइसक्रिम चोरलाई पसलका कर्मचारीहरुले लखेटे तब उनीहरु आइसक्रिम सबै बाटोमै छाडेर सुइँकुच्चा ठोके ।
प्रकाशितः २०७३ साउन ३१
वि.सं.२०७३ साउन ३१ सोमवार १३:०१ मा प्रकाशित