
काठमाण्डौं । ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत आइतबार राति पदक वितरण समारोहमा महिला तीन सय मिटर स्प्रिङबोर्ड डाइभिङमा रजत पदक जितेकी चीनकी डाइभिङ खेलाडी हि जीले पदक लिन लागेका बेला उनका प्रेमी किन काईले पदक वितरण समारोहमै गएर विवाहका लागि प्रस्ताव गरेका छन्।
काईको प्रस्ताव स्वीकार गर्दै हिले आफूहरु विगत ६ वर्षदेखि प्रेममा रहेको भए पनि अविश्वसनीय रूपमा किनले यसरी विवाहका लागि प्रस्ताव गर्लान् भन्ने आशा नगरेको बताइन्।
कार्क्रमपछि प्रशन्न मुद्रामा रहेकी हिले भनिन्, ‘उसले धेरै कुरा भने, धेरै वाचा गरे, मैले त्यो भन्दा पनि उसलाई जिन्दगीभर विश्वास गर्न सक्छु भन्ने लागेर विवाहका लागि हुन्छ भनेकी हुँ।’
किनले पुरुष तीन सय मिटर सिनक्रोनाइजड् स्प्रिङबोर्ड डाइभिङमा चीनका लागि कास्य पदक जितेका थिए। यो दृष्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भइरहेको थियो।
३१ साउन २०७३, १।००
वि.सं.२०७३ साउन ३१ सोमवार १४:०० मा प्रकाशित