back
NMB ad

होटेलमा भुर्इँ पुछ्ने राम उदियमान पर्यटन व्यवसायी !

Kumari bank ad

टुकी बत्ती किन्ने पैसा भएन

सामाजिक सेवामा अनवरत लागेका रामप्रसाद सापकोटाको जन्म २०२८ सालमा धादिङको त्रिपुरेश्वर गाविसमा भएको हो । आफ्नै भिनाजुको प्रेरणा पाएर अध्ययन सुरु गरेका उनले २०४६ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । बाल्यकालदेखि नै उनी समाज सेवामा रमाउन चाहन्थे ।

गरिब परिवारमा जन्मिएका कारण नै उनको बाल्यकाल त्यस्तै कष्टप्रद थियो । घरको काम नगरी पढ्न जान पाउँदैनथे । बिहान घर नजिकैको खोला तरेर जंगलको घाँस काटेर ल्याउनुपर्ने हुन्थ्यो । त्यसो हुँदा कुनै दिन ढिलो भएर पहिलो घण्टीमा पढाई हुने विषय नै पढ्न पाउँदैनथे । त्यस्तै दिनभर बिद्यालयको अध्ययन पछि बेलुका घर फर्केर डोकामा गोबरमल बोक्नुपर्दथ्यो । रातमा पढ्नको लागि बत्ती हुँदैनथ्यो, किनकी परिवारमा टुकी बत्ती किन्ने पैसा पनि हुँदैनथ्यो ।

गरिबीकै कारण कापीको पन्ना भिजाइ भिजाई लेखियोे

उनी भन्छन्, ʽखर्चको अभावमा एउटा कापीको पानालाई तीन चोटी प्रयोगमा ल्याइन्थ्यो । सेतो ताउ कापी किनिन्थ्यो । पहिले शिशाकलमले लेखिन्थ्यो । त्यसपछि मेटेर कलमले लेखिन्थ्यो । अनि फेरी पछि पानीमा भिजाएर त्यसलाई घाममा सुकाएर एउटा कपीलाई पहिलेको मसी मेटाइन्थ्यो र फेरी लेखिन्थ्यो । गरिबीका कारण यसरी दुःखका साथ पढियो ।ʼ एसएलसी पछि कामको शिलशिलामा उनी काठमाडौ आएका थिए । सँग सँगै अध्ययनलाई पनि निरन्तरता दिए ।

ठमेलमा होटलको भुई पुछ्थे

२०५० सालमा पिपल्स क्याम्पसबाट आईए सकेका उनी त्यसपछि ट्रेकिङ क्षेत्रमा लागेका हुन् । सुरुमा उनले काठमाडौ आएर मुनलाईट होटलमा रुम ब्वाईको रुपमा काम गरे । त्यतिबेला उनले टेबल मिलाउने, भुँइ पुछ्ने काम गर्दथे । त्यसपछि वेटर हुँदै उनी रिसेप्सनसम्म भए । होटलमा काम गर्दा गर्दै ट्रेकिङ गएकाहरुको हाउभाउ र उनीहरुले धेरै पैसा कमाएको भन्ने थाहा पाएपछि उनी पनि ट्रेकिङ क्षेत्र तर्फ आकर्षित भए । र २२ वर्ष अगाडि उनी ट्रेकिङमा लागे ।

ट्रेकिङमा भरिया बनेको पहिलो दिन

सुरुको ट्रेकिङ काक्रममा सापकोटा भारी बोकेर लाङटाङ गएका थिए । त्यसबेला उनले एक जना इटालियन नागरिकलाई आफ्नो मनका इच्छा व्यक्त गर्ने समय जुर्यो र उनी सामाजिक क्षेत्रमा उदाए । ति बिदेशी नागरिकले लाङटाङ यात्राकाक्रममा गरिबै गरिब, खान लाउन नै मुस्किल भएको बालबालिका देखे । खानै नपाउनेको शिक्षा दिक्षाको कुरै थिएन । र ती बिदेशी नागरिकलाई यो विषयले मन छोयो । युरोपियन बालबालिकाहरु र नेपालका बालबालिका तुलना गरे ।

यसै क्रममा सापकोटाले आफ्नो गाउँको अवस्था यो भन्दा नाजुक रहेको भन्दै ती नागरिकलाई बताए । उनले आफुले सामाजिक सेवामा काम गर्ने इच्छा रहेको भन्दै ती नागरिकलाई आफ्नो योजनामा सहयोग गर्न अनुरोध गरे । पछि ती इटालियन नागरिकले उनकै देशमा बोलाएर नेपालको पहाडी क्षेत्रमा सामाजिक काममा सहयोग गर्ने बताए । र उनले गरिब, जेहेन्दार बिद्यार्थीलाई छात्रवृति सहित पढाउने आफ्नो इच्छाअनुरुप इटालियनको सहयोगमा गाउँमा बिद्यालय भवन सहित समाजको सकारात्मक परिवर्तनका पक्षमा काम थाले ।

सन् १९९८ देखि उनले नेपालको भौगोलिक विकटताका कारण शिक्षा पाउनबाट वञ्चित आफ्ना गाउँका बालबालिकालाई शिक्षा दिलाउन लागि परे । दाताबाट मागेको पैसाले नै उनले गाउँमा ७ कोठाको बिद्यालय भवन निर्माण गर्न सफल भए । द्वन्दकालका कारण बिद्यालय संचालन गर्न नसके पछि उनले १६ जना बिद्यार्थीलाई काठमाडौमै ल्याएर शिक्षा दिलाए । र उनले त्यतिबेलादेखि अहिलेसम्म पनि ६/६ महिनामा गाउँमै पुगेर बिद्यार्थीहरुलाई युनिफर्म, कापी, कलम, झोला लगायत शैक्षिक सामाग्री वितरण गर्दै आएका छन् ।

अमेरिकाका मानिस एक्लो बाँदरजस्तै …

सापकोटा अमेरिकाको स्थायी बासिन्दा पनि भए । तर उनलाई अमेरिकाको बसाईले कत्ति पनि मोहित पारेन । किनकी अमेरिकामा सामाजिक भावना भने शुन्य नै हुने रहेछ । उनको यस्तै विश्लेषण रह्यो । आफ्नै पति÷पत्निले पनि एक अर्कालाई सहयोग नगर्ने देखे पछि उनी आफ्नै देशको समाज सुधारमा लाग्नुपर्छ भन्ने सोच बनाएर नेपाल फर्किए । सापकोटाले भने, ʽअमेरिकामा मानिसहरु एक्लो बाँदरको रुपमा बाँचेका छन् । परिवारमै एक अर्कामा सहयोग गर्ने भावना छैन । एकले कमाउने अर्कालाई मतलब छैन । पैसाको लागि मात्रै काम गर्ने जस्तो लाग्यो । सामाजिक काममा लागौं भन्ने नै भएन । सबै कुरा छ तर सन्तुष्टि पटक्कै छैन । सबैभन्दा बढि मानसिक रोगी नै अमेरिकामा छन् होला जस्तो लाग्छ । ʼ सापकोटा बताउँछन् ।

अमेरिकामा नेपालीहरु कुल्ली काम गर्छन्

उनले अमेरिकामा देख्दा नेपालबाट गएका अधिकाँसले कुल्ली काम गरेका छन् । १८ घण्टासम्म पनि काम गरिरहेका छन् । त्यो समय नेपालमै लगानी गर्ने हो भने नेपाल बनाउन सकिन्छ भनेर उनी नेपाल फर्किएको बताउँछन् । अर्काे महत्वपूर्ण कुरा भनेको नेपालमा सुरक्षाको कुनै प्रत्याभूति छैन तर अमेरिकामा सबै किसिमको सुरक्षाको व्यवस्था छ । सबैले काम पाइहाल्छन् । काम नपाए राज्यले नै पैसा दिएर उनीहरुलाई पाल्ने गरेको छ । नेपालको माया हुनेहरु १÷२ वर्षमै नेपाल फर्कन्छन् । नेपालमा आफु सुरक्षित छु भन्ने विश्वास नभएका हुनाले पनि विदेश गए पछि नेपालीहरु स्वदेश फर्कन नचाहने सापकोटा बताउँछन् । राज्य संचालन गर्नेहरुले यस विषयमा गम्भिर भएर ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको उनी देखाउँछन् ।

नेपाल फर्कदा डलरै डलर

उनी भन्छन्,ʽम नेपाल फर्कंदा साह्रै खुसी छु र सन्तुष्ट छु । लाखौं डलर नेपालमा भित्र्याएको छु । २०÷३० जनाले प्रत्यक्ष र हजारौं जनालाई अप्रत्यक्षरुपमा रुपमा रोजगारी प्रदान गर्दै आएको छु । विभिन्न होटल र गाउँ गाउँका व्यक्तिहरुले रोजगारी पाएका छन् ।ʼ सापकोटाले वार्षिक २२ सयभन्दा बढि डलर खर्च गर्ने पर्यटकलाई नेपाल भित्र्याउने गरेका छन् ।

बढि कर तिर्ने ट्रेकिङ कम्पनि बनाउँछु

सोसियल जर्नी भनेको घुम्दै जाँदा समाजलाई रुपान्तरण गरौं भन्ने हो । पर्यटकका माध्यमबाट समाज सुधार गरों भन्ने मुख्य उदेश्यका साथ आफुले कम्पनी स्थापना गरी उनी अगाडि बढिरहेका छन् ।

अहिले नेपालमा डलर भित्र्याउने टप ४/५ कम्पनीमा परेर आफुलाई स्थापित भईसकेको उनको दाबी छ । उनी भन्छन्, ʽबढि पर्यटक ल्याएर सरकारलाई बढि कर तिर्ने कम्पनीको रुपमा मेरो कम्पनिलाई स्थापित गर्ने इच्छा छ ।ʼ

आगामि दिनमा भने ग्रामिण क्षेत्रमा सभा समारोह, भोज भत्तेर, विवाह ब्रतबन्ध र अप्ठेरो परेको बेला बस्न मिल्ने सम्मको सामुदायिक भवन बनाउने योजनामा उनी छन् । उनी भन्छन्, ʽमैले आफ्नो यात्रामा अगाडि बढ्दा शिक्षाले समाजलाई रुपान्तरण गर्ने काम गर्यो । अब कम्युनिटी हाउस (सामुदायिक भवन) बनाएर समाजमा योगदान गर्छु । आपत विपद पर्दा, चाडबाड, विवाह, ब्रतबन्धका बेलामा बस्ने सामुदायिक भवन बनाउने योजना छ । धादिङबाट यसको सुरुवात गर्नेछु ।ʼ दाताहरुको सहयोग सहित उनले हालसम्म ग्रामिण शिक्षाका क्षेत्रमा करिब ६० लाख रुपैंया बराबरको शैक्षिक सहयोग पुर्याईसकेका छन् ।

पर्यटकको सेवामा कटौति गर्नुहुन्न

पर्यटकलाई जति सेवा दिन्छु भनेको छ त्यति सेवा दिन कन्जुस्याई नगर्न उनले सबै पर्यटन व्यवसायीसँग आग्रह गरेका छन् । उनी भन्छन्,ʽपर्यटन क्षेत्रमा अहिले नै कमाउँ भन्ने लोभी प्रवृति धेरै छ । एक चोटी आएको पर्यटकलाई फेरी पनि ल्याउन सक्ने वातावरण बनाउँ । पर्यटक बस्ने होटल परिवर्तन गराईदिने, दिन्छु भनेको सेवा नदिने काम कसैले नगरौं । आफुले लिनपर्ने नाफा पहिले नै तोकेर लिने काम गरौं तर उनीहरुलाई भरपुर मनोरञ्जन दिलाउँ । ताकि संधै नेपाललाई सम्झिरहन सकुन् ।

पर्यटनको विज्ञापन खोई ?

पर्यटनमा जति धेरै मानिस ल्याउन सक्यो त्यति धेरै रोजगारी र आर्थिक क्षेत्र सुधारका काम गर्न सकिन्छ । त्यसैले पर्यटन क्षेत्रको विज्ञापन गर्ने कुरामा कन्जुस्याई गर्न नहुने उनको भनाई छ ।

उनको अहिले होटल, र्याफ्टिङ, एयरलाईन्स (अल्टिच्युड एयरलाईन्स) लगानी छ । त्यस्तै जलबिद्युत्मा पनि लगानी छ । धादिङको आँखुखोला हाइड्रोपावरमा उनको लगानी छ । अहिले थप हाइड्रोमा उनको लगानी बढ्दैछ ।

पर्यटन क्षेत्रमा बीमा लिने नाममा विकृति

ट्रेकिङ क्षेत्रमा हेर्ने हो भने अहिले बीमाका क्षेत्रमा साह्रै ठूलो विकृति छ । ट्रेकिङका केहि मानिसहरुले गोराहरु पदयात्राकाक्रममा बिरामी भएको नाटक मञ्चन गरी बीमा मार्फत मोटो रकम असुल्दै आएका छन् । यो दिगो पर्यटन क्षेत्रको विकासका लागि घातक हुने सापकोटा बताउँछन् । कम्पनी, एजेन्ट, अस्पताल, र गाइड मिलेर पर्यटकलाई फकाई फुल्याई गरी बिरामी भएको नक्कल पार्न लगाई हेलिकप्टर चार्टर गरेर उपचार गरे खेलिएको भन्दै उनले त्यसको घोर बिरोध गरेका छन् । यसलाई अन्त्य गराउन टानमार्फत आफुले कार्य अगाडि बढाएको उनी बताउँछन् । अहिलेको विकृति हटाउने हो भने साँच्चै पर्यटकहरु बिरामी भएर बीमा रकम उपलब्ध गराउनु परेमा पर्यटन बोर्ड, टानजस्ता आधिकारिक निकायले प्रमाणिकरण गरेपछि सिधै एयरलाईन्सलाई रकम उपलब्ध गराउनुपर्ने सापकोटा बताउँछन् । एकद्वार प्रणालीमार्फत यो कार्य गर्न सक्ने हो भने विकृति आफैं हट्ने उनको तर्क छ । अहिले सिधै ट्रेकिङ कम्पनीलाई पैसा पठाउँदा यो विकृति निम्तिएको सापकोटाको दाबी छ ।
त्यस्तै ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) कांग्रेस, एमाले र माओवादीको संगठन जस्तो देखिएको स्विकार गर्दै त्यसको अन्त्य गर्न आफुहरुको प्रयास जारी रहेको र व्यवसायीको संगठन बढाईछाड्ने उनको दाबी छ ।

(रामेश्वर कार्की/हरिशरण न्यौपाने)

३१ साउन २०७३ / ९ :००

वि.सं.२०७३ साउन ३१ सोमवार २०:५८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...