back

एउटै पाइलटले राजीनामा दिँदा ….

काठमाण्डौं । चिनियाँ जहाज उडाएर प्रशस्त आम्दानी गर्दै बजार हिस्सा ओगट्ने नेपाल बायुसेवा निगमको सपना कहिल्यै विपनामा परिणत नहुने ताजा घटनाबाट पुष्टि भएको छ।

निगमसँग रहेको १७ सिट क्षमतायुक्त चिनियाँ जहाज उडाउने एकमात्र प्रशिक्षक पाइलटले अकस्मात राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहक निगम व्यवस्थापन अहिले ‘थाल खाऊँ न भात खाऊँ’को अवस्थामा पुगेको छ।

झन्डै एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको वाई १२–ई सिरिजको उक्त जहाजलाई लामो प्रयासपछि मर्मत गरी उड्न तयार बनाइएको थियो। त्यसपछि नियमित उडान तालिका सार्वजनिक गरेको निगम व्यवस्थापनका अधिकारीहरु अहिले त्यो जहाजका एकमात्र प्रशिक्षक पाइलट आङनुरी शेर्पाले राजीनामा दिएपछि रनभूल्लमा छन्। नहुन् पनि किन ?

निगमले अमेरिका पठाएर दुई महिना तालिम दिलाएपछि शेर्पा वाई १२–ई का प्रशिक्षक पाइलटका रुपमा उडान गर्न योग्य भएका थिए।

तर, शेर्पाले नियमित उडान गर्नुअघि नै राजीनामा दिए। अब निगम व्यवस्थापनका लागि उक्त जहाज कसरी उडाउने भन्ने चिन्ताले घर गरेको छ। नागरिक दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ साउन २३

वि.सं.२०७३ साउन ३२ मंगलवार १०:१० मा प्रकाशित

You can share this post!

यस्तो छ आजको विदेशी मुद्राको  विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०७९ माघ २५ बुधवार ०८:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागी विदेशी विनिमय दर...

हेर्नुहोस यस्तो छ आजको मौसम

हेर्नुहोस यस्तो छ आजको मौसम

वि.सं.२०७९ माघ २५ बुधवार ०८:२०

काठमाडौं । हाल देशका पहाडी भु–भागमा आन्शिक बदली र बाँकी...

सुपर माई हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २४ मंगलवार १८:०५

काठमाडौं । सुपर माई हाइड्रोपावरको आइपीओमा ७ लाख २३ हजार...

किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

वि.सं.२०७९ माघ २४ मंगलवार १७:५५

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकाले पालिकाभित्रका...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

वि.सं.२०७९ माघ २४ मंगलवार १७:५०

काठमाडौं । सरकारले नागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर...

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

वि.सं.२०७९ माघ २४ मंगलवार १७:३१

काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका...