काठमाडौं । सञ्चार सेवा प्रदायक एनसेलको रि ब्राण्डिङ हुने भएको छ । एक्जिएटा ग्रुपको संलग्नतासँगै कम्पनीको रि–ब्राण्डिङ हुन लागेको हो । यो सँगै मंगलबारबाट कम्पनीको ब्राण्ड लोगो परिवर्तन भएको छ ।
एनसेलको नयाँ ब्राण्डमा रुपान्तरणसँगै एक्जिएटाको अन्तराष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानिय धरोहरको मेल हुने एनसेलका प्रवन्ध निर्देशक साइमन पर्किन्सले बताए । यससँगै आधुनिक प्रविधि र आगामी डिजिटलाइजेशनलाई अपनाउदै नेटवर्क विस्तार गर्ने तथा ग्राहकका सञ्चारलाई सुदृढ गर्ने कार्यमा ध्यान केन्द्रित भएकोक उनको भनाई रहेको छ ।
प्रकाशितः २०७३ साउन २३
वि.सं.२०७३ भदौ १ बुधवार २१:२८ मा प्रकाशित