back
NMB ad

एयरपोर्टमा घाँस काट्न लाजपुर्जा कहाँबाट ल्याउँ !

Kumari bank ad

हरिशरण न्यौपाने, काठमाडौ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानथल परिसर भित्र छिरेर एकचोटी हवाईजहाज देख्न पाउँदा आफु भाग्यमानी महशुस गर्नेहरु राजधानी काठमाडौमा धेरै छन् । तर त्यहि विमानस्थलमा वर्षाैं देखि काम गर्नेहरु चरम शोषणमा छन् । एयरपोर्टमा काम गर्ने ८० प्रतिशत महिलाहरु व्यवस्थापन पक्षको चरम श्रमशोषणमा पर्ने गरेको खुल्न आएको छ । यतिसम्म कि २५ वर्ष सेवा गर्दा समेत उनीहरुलाई प्रवेश पास र नियुक्ति पत्र दिईएको छैन । तापनि काममा लगाई राखिएको छ । ठेकेदारले काम दिएन भने बिहान बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्ता लिएर श्रमिकहरु बाँचिरहेका छन् ।

–महिला श्रमिक माथि दुव्र्यवहार ।
–फोटोकपी पेपर(चिठी) का भरमा प्रवेश पास, नियुक्ति छैन ।

Airpirt Pass
–ठेकेदारको दादागिरी, प्रवेश पास छुटे लालपूर्जा माग्छन् ।
– एयरपोर्टमा बर्षाैं काम गरेको केहि प्रमाण छैन ।
–६ महिना मात्र काम पाईन्छ ।
–एक दिन बिरामी हुँदा दुई दिनको पैसा काटिन्छ ।
– महंगीअनुरुप पारिश्रमिकको व्यवस्था छैन ।
– तलबमा विभेद छ ।
–सामाजिक सुरक्षा छैन ।
–तलब/ज्याला समयमै पाईदैन ।
– मासिक तलब बुझ्न जाँदा ठेकेदारहरुले धम्क्याउने गर्छन् ।

बोल्यो कि जागिर जान्छ कि भन्ने डर

च्यान्टिमाया तामाङ, श्रमिक (त्रिअवि)
मेरो नाम च्यान्टिमाया तामाङ हो । २०४५ सालदेखि ज्यालादारी प्रथा मार्फत एयरपोर्टको काम गर्दै आएँ । पहिले श्रीमान् श्रीमती सँगै काम गर्दथ्यौं । सुरुमा शिसा पुछ्ने काम गरियो । तर मलाई आज सम्म कुनै सेवा सुबिधा भनेको के हो थाहा नै छैन । कसैले दिन्छु भनेको पनि छैन । यसबारे केहि बोल्नै मन लाग्दैन । बोल्यो कि जागिर जान्छ कि भन्ने डर छ । आफ्ना कुरा बाहिर ल्याउँदा त्यहि खाई पाई आएको जागीर नै खोसियो भने बिहान बेलुकाको छाक कसरी टार्ने ? कतै मेरो रोजीरोटीको बाटो अन्त्य हुने त होईन भन्ने लाग्छ, सर ।

एयरपोर्ट भित्र काम गर्ने अन्य महिला दिदी बहिनीले आफ्नो अधिकारबारे आफैं बोल्नुपर्छ भनेपछि तामाङले डराई डराई यतिमात्र बोलिन् ।

छोराछोरी पढाउनै एयरपोर्टमा जंगल फाँडे

सुन्दरा तिमल्सिना, श्रमिक (त्रिअवि)
म सुन्दरा तिमल्सिना । एयरपोर्टमा काम गरेको ८ वर्ष भयो । अहिलेसम्म एयरपोर्टमा काम गरेको कुनै प्रमाण छैन । प्रवेश पास भनेर एउटा चिठी पाउँछौं । एउटा चिठीको म्याद एक महिनाको लागि मात्र हुन्छ । महिना मरेपछि चिठीको म्याद पनि सकिन्छ । तत्काल पास बन्दैन । भोलिपल्ट प्रवेश पास नहुँदा एयरपोर्ट गेटमा प्रशासनले रोक्छ । को हो तपाईहरु ? किन आउनुभयो ? के गर्न आउनुभयो ? नेपाली सेना, प्रहरी प्रशासनका सुरक्षाकर्मीले हकार्छन् र गेटमै रोक्छन् । त्यहिँ रोकिएर बस्नुपर्छ । काम नगरे बेलुका घरमा चुल्हो बल्दैन भन्ने चिन्ता मात्र हुन्छ । त्यतिबेला ठेकेदारलाई फोन गर्यो, म ओछ्यानमा छु सुपरभाईजरलाई फोन गर् भन्छन् । सुपरभाईजरलाई फोन गर्यो त्यहाँ बसिराख्नुस् म एक छिनमा लिन आउँछु भन्छन् । बिहान भरि त्यही गेटमा बस्नुपर्छ ।

हामी घाँस काट्नेहरु सर्प, घाम, पानी, काँडा केहि नभनी सबै तिर जंगल फाँड्छौं । भिज्नुपर्छ, रुझ्नुपर्छ, शौचालयको नाला हामीले नै सोहर्नुपर्छ । तर एयरपोर्टमा काम गरेको यतिका समय बितेपनि काम गरेको कुनै प्रमाण छैन । पत्रकार सर हाम्रो कुरा सुन्दिनुस्, के हामी मजदुर हैनौं ? हामीले पसिना बगाएको पसिनाको मुल्य छैन ? एकदम चित्त दुखेर आउँछ ।

ठेकेदार(हाम्रोमा शेरबहादुर लामा,परशुराम भण्डारी) ले एक वर्षे ठेक्का हाल्छन् । जब ठेक्का सकिन्छ घरमा बस्नुपर्छ । अर्काे ठेक्का पर्दैन । अनि घाँसको घारी नहुञ्जेल ठेकेदारले हामीसँग सम्झौता गर्दैनन् । त्यसै बस्नुपर्छ । ६ महिना काम हुन्छ ६ महिना काम हुँदैन । ६ महिना मात्र काम गरेर वर्षै भरी के खाने ? हाम्रो बच्चाहरुलाई के खुवाउने ? कोठा भाडा के तिर्ने ? हामी सम्पन्न भएको भए घाँस काट्न आउनुपर्ने थिएन । बालबच्चालाई शिक्षित बनाउन, छोराछोरीलाई पढाउनै सकिन्छ कि भनेर काठमाडौमा जंगल फाँड्ने काम गरेका हौं । जंगल फाँड्नेको सुरक्षा किन भएन ? परिश्रम बगाएपछि अरुसरह तलब, सुबिधा किन दिंदैनन् । संचयकोष छैन । जागीर छोड्दा हामी खाली हात निस्कनुपर्ने अवस्थाको अन्त्य कसले गरिदिन्छ ?

काम लगाउनेहरु चित्त नबुझे तपाई अन्तै काम खोज्न सक्नुहुन्छ भन्छन् । अहिले आएर अन्तै गएर काम गर्ने भए आठ वर्षसम्म काममा किन लगाए त ? यो मलाई साह्रै भन्न मन लाग्यो । कुनै बेला ठेकेदार सँग तलब माग्दा कुट्नसम्म पनि आए ।
दुःख लाग्या छ । हामी महिलाको कुरा सबैले सुन्दिनुहोला । अब ठाउँमा आईयो केहि सुनुवाई हुन्छ कि भन्ने लागेको छ ।

बाटोमा पिछा गर्छन्

सुसिला दाहाल, श्रमिक (त्रिअवि)
म सुसिला दाहाल, एयरपोर्टमा काम गरेको ७ वर्ष भयो । एक समय एकजना दिदी हुरी आउँदा लडेर खुट्टामा घाउ भयो । उहाँले बिरामी बिदा पनि पाउनुभएन र उपचार पनि पाउनुभएन । आएको दिनको पैसा पाउनुभयो नआएको दिनको पैसा पाउनुभएन । एक दिन बिरामी हुँदा २ दिनको तलब काटियो । हामीलाई कुनै व्यक्ति संगठनले हेरेन ।
हामी महिलाहरु जिफन्ट यूनिट्राभमा संगठित हुन खोज्दा धम्क्याउने, घरमा श्रीमानलाई फोन गरेर धम्की दिने, बाटोमा पिछा गर्ने कार्य गरेका छन् । हामीले आएको दिनको रकम पाईन्छ नआएको दिनको पाईन्न । एउटै ठाउँमा काम गर्नेलाई फरक फरक सुबिधा छ । मैले कसैलाई आरोप लगाएको होर्यन । श्रमिक अधिकारको नाममा माओवादी मजदुरले हामीलाई पार्टीको कार्यक्रममा प्रयोग गरे । मजदुरको समस्या हेरेनन्, उल्टै धम्क्याए । हामी नागरिक हौं स्वतन्त्रपूर्वक बाँच्न पाउनुपर्यो । हामी कुनै पार्टीको कार्यकर्ता होईन स्वतन्त्र नागरिक हौं ।

नाङ्गो तार जोडेर बन्द कोठामा हिटर चलाउनुपर्छ ।

सकुन्तला गौत्तम, श्रमिक (त्रिअवि)  
म सकुन्तला गौतम,२०६३ सालदेखि एयरपोर्टमा काम गर्दै आएको छु । म सुकुम्बासी हो । सुकुम्बासी बस्तीमै बसिरहेको छु । प्रशासन विकास सरसफाईमा काम गर्छु । पहिले मुटुको रोग लाग्यो र अपरेसन गर्नुपर्यो ।

माओवादी मजदुर संगठनले मजदुरलाई आईपर्ने समस्या समाधान गर्छाैं भनेर लेबीस्वरुप महिनाको २०० रुपैंया लिंदै आएको थियो । उपचार हुँदा खर्च दिन्छौं भन्थे । तर कुनै सहयोग पाईएन । कतैबाट केहि सहयोग नभएपछि सहकारीबाट ४ लाख ऋण लिएर उपचार गरें ।

कामको कुरा गर्ने हो भने प्रशासनमा काम गर्छु । बन्द कोठामा हिटर पकाउने गर्नुपर्छ । मल्टीप्लग छैन । नाङगो तार, प्लग जोड्नुपर्छ । एकदमै जोखिममा परेर काम गरिरहेका छौं । हामीलाई मंहगी अनुसार तलब भत्ताको सुबिधा छैन । बिमा, संचयकोष लगायतको सुबिधा पनि छैन ।

एयरपोर्टमा महिला माथि शोषणै शोषण…

सिता पहरी, श्रमिक (त्रिअवि)
म सिता पहरी, सरसफाईमा काम गर्छु । एयरपोर्टमा काम गर्ने हामी ८० प्रतिशत महिला छौं । ९ वर्षसम्म माओवादी मजदुर संगठनमा लागियो । तर हाम्रो समस्या जहाँको तहिँ रह्यो । झुट्टा आश्वासन दिएर शोषण गरे । हजुरले हाम्रो कुरा प्रष्ट बाहिर राखिदिनुपर्यो, सर ।

हाम्रो तलबबाट २ दशमलव ५ प्रतिशत ठेकेदारले काट्नुभएको छ त्यो कहाँ गयो ?  हामीलाई अझ सम्म थाहा छैन । एउटै ठेकेदारले १३ वर्ष देखि एउटै ठेक्का चलाईरहनुभएको छ । हाम्रो सेवा सुबिधा कटौती गरिंदै लगिएको छ । कुनै बेला दशैं पेश्की दिन्छन् कुनै बेला दिंदैनन् । ६ महिना संचयकोष काटेका थिए, पछि सबैलाई रकम फिर्ता दिए । धेरै जनालाई नाम नै लेख्न आउँदैन । २५ वर्षसम्म काम गरेको मानिसको रोजीरोटीको केहि कुरा छैन । रित्तो हात आएका हामी रितो हात जानुपर्ने अवस्था छ । महिलाहरु यति पिडीत छन्, यति शोषण छ । हाम्रो एयरपोर्टमा जस्तो शोषण त अन्त कहिँपनि छैन होला ।  धेरै नै शोषित छौं । २५ वर्ष काम गर्नेले के पाउनुहुन्छ त्यो कुरा भन्दिनुपर्यो ।

बिरामी भएर १ दिन घर बस्यो २ दिनको पैसा काटिन्छ ।

सुस्मा अधिकारी, श्रमिक (त्रिअवि)
म शुष्मा अधिकारी, सरसफाईमा काम गर्छु । हामीहरु उभिएको कि ठेकेदारले पास खोसिदिन्छ । अनि १५ दिन सस्पेन्समा राखिदिन्छ । ५ मिनेट ढिला पुग्यो भने हामीलाई घर फिर्ता पठाईदिन्छन् । कानुन के हो हामीलाई जानकारी भएन । अहिले पनि धेरैले बुझेका छैनौं । बिरामी भएर एकदिन घर बस्यो भने दुई दिनको पैसा काटिदिन्छन् । त्यो दिन पैसा पाउँदैनन् । सानो सानो गल्ति हुँदा माफी पाईदैन । बिनाकारण हामी घरै बस्नुपर्छ । काम गर्दा केहि दुर्घटनामा परियो बिरामी भने पैसा पाईदैन । तिमीहरु आयौ काम गर्यौ आफैं लड्यौ तिमीहरुले पैसा पाउँदैनौं भनेर ठेकेदारले उल्टै हकार्छन् । १५÷२० वर्ष काम गर्ने साथीहरुले के पाउँछन् । रित्तो हात जानुपर्छ । हाम्रो कुरा सुनिदिने को हो त ?

गाली नगरी तलब दिंदैनन्।

जेनी थापा, श्रमिक (त्रिअवि)

म जेनी थापा, लाईन साईडमा काम गर्छु । मेरो ठेकेदार विष्णु श्रेष्ठ हो, सिके कन्ट्रक्सन, बालुवाटार । काम गरेको १३ वर्ष लाग्यो । ३÷४ वर्षमा ठेकेदार परिवर्तन हुन्छ । हामी थोरै छौं । ७ जना काम गर्छाै । १२ बजे देखि साँढे २ बजे सम्म घाँस काट्छौं । ३ बजेबाट कुचो लगाउन थाल्छौं । वर्षातमा वालुवा धेरै हुन्छ । एटटा चिठीलाई प्रवेश पासको रुपमा लिनुपर्छ । ठेकेदारले नै हाम्रो पास बनाउन मान्दैनन् । ठूला(भिआपी) हरुको सवारी हुँदा एयरपोर्ट भित्र सरसफाई गर्न जान पनि दिंदैनन् । तपाईहरुको पास नै छैन भन्छन् । एउटा कागजको पास लिएर जान मिल्दैन । सरसफाई नगरे हामीले नै गाली खान्छौं । त्यहि फोहर खिचेर मिडियामा आईहाल्छ । अनि हामीले नै गाली खान्छौं । यता हामीलाई घाँस काट्न भनेर लगिएको होईन । कुचो लगाएर सरसफाईमा काम गर्ने भनिन्छ । तर घाँस नकाटी कुचो लगाउन पाईन्न । हामीले घाँस काट्न नपरे कुचो लगाउने सबै काम गर्न भ्याइन्थ्यो होला । पार्किङमा सरसफाई गर्ने हो, तर घाँस काट्नु पर्दा भ्याईन्न ।

यता तलब दिने बेलामा ठेकेदार(विष्णु श्रेष्ठ) ले २ घण्टा गाली गरेर बल्ल तलब दिए । तलब दिंदा गाली नगरि कहिल्यै तलब पाईन्न । घाँस काट्दा हँसिया भाँचियो भने आफ्नै घरबाट ल्याएर काम गर्नुपर्ने अवस्था छ । पत्रकार सर, तपाईले यी कुरा सबैसामु राखीदिनु पर्यो ।

एयरपोर्ट भित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान क्षेत्र परिसरमा सरसफाई, घाँस काट्ने, प्रशासन शाखा (विभिन्न स्थानमा चिया, नास्ता, खाजा बनाउने), पार्किङ क्षेत्रमा काम गर्ने, फुलबारी, बोटविरुवाको रेखदेख र गोडमेल गर्ने, पाले पहरेदार लगायत क्षेत्रमा काम गर्ने महिला तथा पुरुष श्रमिकहरु पनि ठेकेदारको धम्की सहँदै विगत २५ वर्ष देखि चरम श्रमशोषणमा पर्दै आएका छन् । यदि उनीहरुको एक महिने पास म्याद थपिएन र केहि कारण छु्यो भने ठेकेदारले लालपूर्जा ल्याएर भएपनि काम गर भनेर धम्याउने गरेका श्रमिकहरुको गुनासो छ ।

उनीहरु भन्छन्,ʽकोही सुकुम्बासी पनि छौं । प्रशस्त जग्गा जमिन भएको भए एयरपोर्टको जंगल फाँड्न र ट्वाईलेट सफा गर्न कोहि पनि आउने थिएनौं होला । पत्रकार सर ! तपाई नै भनिदिनोस्, एयरपोर्टमा घाँस काट्न लाजपुर्जा कहाँबाट ल्याउँ !ʼ
प्रकाशित मिति ः २०७३ भदौ १

वि.सं.२०७३ भदौ १ बुधवार २३:५० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...