back

बढी आयकर बुझाउने २५ कम्पनीमध्ये १७ बैंक, एनसेल अग्रस्थानमा

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्षमा सरकारलाई बढी आयकर बुझाउने कम्पनीमा वाणिज्य बैंकहरूको बर्चस्व देखिएको छ । बढी आयकर तिर्ने २५ ठूला कम्पनीमा १७ वटा वाणिज्य बैंक छन् । अघिल्लो वर्षजस्तै गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर एनसेलले बुझाएको छ भने दोस्रोमा सरकारी स्वामित्वको नेपाल टेलिकम छ ।

बैंकिङ क्षेत्रबाहेक क्षेत्रगत आधारमा बढी आयकर बुझाउनेमा एनसेल र नेपाल टेलिकम तथा व्यापारिक फर्ममध्ये सरकारी लगानीको नेपाल आयल निगम तथा निजी क्षेत्रको सिपर्दी ट्रेडिङ छन् । यस्तै मदिरा तथा सुर्तीजन्य उद्योगहरू गोर्खा बुअरी र सूर्य नेपाल अगाडि छन् । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण पनि बढी कर तिर्ने कम्पनीमा परेको छ । ऊर्जा क्षेत्रको हिमाल पावर पनि बढी कर तिर्ने कम्पनीको सूचीमा छ ।

स्वामित्व परिवर्तनमा लाभकर नतिरे विवादमा आएको एनसेलले सरकारलाई आयकरबापत मात्र २० अर्ब बुझाएको छ । यस्तै दोस्रो स्थानमा रहेको कम्पनीमा नेपाल टेलिकमले सात अर्ब रुपैयाँ आयकर तिरेको छ । सरकारलाई बढी आयकर बुझाउने १७ बैंक सबैले गत आर्थिक वर्षमा आफ्नो मुनाफा अर्बभन्दा बढी गरेका छन् । आजको कारोबार दैनिकबाट ।

प्रकाशितः २०७३ भदौ २

वि.सं.२०७३ भदौ २ बिहीवार १२:५३ मा प्रकाशित

You can share this post!

विदेशबाट फर्केर सामूहिक माछापालन गर्दै टिमुरेका युवा    

विदेशबाट फर्केर सामूहिक माछापालन गर्दै टिमुरेका युवा   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:४३

गलेश्वर (म्याग्दी), २५ मङ्सिर : वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि...

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:३२

बेइजिङ, २५ मङ्सिर : आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार...

हुलाकी सडकले फेरिँदै जनजीवन   

हुलाकी सडकले फेरिँदै जनजीवन   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:२३

भेषराज बस्नेत राँझा (बाँके), २५ मङ्सिर : बाँकेको राप्ती सोनारी...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...