back
NMB ad

चितवनमा एकसय चारजनामा ‘स्क्रब टाइफर्स’ को सङ्क्रमण

Kumari bank ad

चितवन । चितवनमा  फैलिएको स्क्रब टाइफर्स रोगको  १०४ जनामा सङ्क्रमण भएको पाइएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरि २२२ जनामा गरिएको परीक्षणमा १०४ जनामा सङ्क्रमण भएको पाईएको हो । चितवन मेडिकल कलेजका सञ्चालक डा दयाराम लम्सालका अनुसार यो रोगको बालबालिकामा बढी सङ्क्रमण देखिएको छ ।

चितवनमा सोही मेडिकल कलेजमा मात्रै रोगको परीक्षण हुँदै आएको छ । जनस्वास्थ्य कार्यालय चितवनले यसअघि ६७ जनामा सङ्क्रमण भएको सार्वजनिक गरेको थियो ।  केही दिनअघि किट सकिएकाले उपचारमा समस्या भए पनि अहिले भने किट आइपुगेको डा लम्सालले जानकारी दिएका छन् ।

अहिलेसम्म नेपालका २० जिल्लामा स्क्रब टाइफर्सका बिरामी भेटिएका छन् ।

मुख्यगरी मुसामा लाग्ने एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरी मसिना बिबिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने यसको लक्षण हो ।

प्रकाशित मिति: २०७३ भदौ ३

वि.सं.२०७३ भदौ ३ शुक्रवार १८:५८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...