back
mega bank Ad
Hero Ad

रिचार्जभन्दा मोबाइल चार्ज महँगो !

काठमाडौं । बागलुङको पश्चिममा बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दा करिब एक महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

केन्द्रीय प्रसारण लाइने नछोएको लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत उपभोग गर्दै आएका उपभोक्ता असार १० गते आएको बाढीपहिरोले २० वता लघुजलविद्युतमा क्षति पुर्‍याएपछि अन्धारमा बस्न बाध्य भएका छन् ।

बूतिवाङ क्षेत्रका अधिकारीचौर, ओबाङ, खंगा, बाहोरागाउँ र निसीलगायतका गाविसमा सञ्चालित आयोजनामा इाति पुगेपछि करिब ५ हजार उपभोक्त मट्टितेल बाल्न बाध्य भएका छन् । विद्युत आयोजना मर्मतमा अझै दूई तीन हप्ता लाग्ने भएपछि बुर्तिबाङ बजारमा जेनेरेटरको मात्र खपत बढेको आजको राजधानी दैनिकमा समाचार छ ।

स्थानीय बव्यापारीले जेनेरटर खरिद गरी आफ्नो उद्योगधन्दा सञ्चालन गरेका छन् ।

विद्युत नभएपछि स्थानीयलाई मोबाइल चार्ज गर्न समेत मुस्किल परेको छ । उनीहरु बुर्तिङ बजार आएर जेनेरेटरबाट मोबाइल चार्ज गर्ने गरेका छन् ।

एउटा मोबाइल चार्जबापत पसलेले ५० देखि ६० रुपैयाँ सम्म लिने गरेका छन् । विद्युत आपूर्ति बन्द भएपछि स्थानीयमा रिचार्जभन्दा मोबाइल चार्ज गर्न बढी रकम खर्च गर्नुपर्ने बाध्यता छ ।

प्रकाशितः २०७३ भदौ ४

वि.सं.२०७३ भदौ ४ शनिवार ०९:४१ मा प्रकाशित

You can share this post!

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:४१

काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय...

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:२३

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ्ग...