back
NMB ad

एकाबिहानै रु तीन लाख चोरी !

Kumari bank ad

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गाहा–३ रामनगरमा आज एकाबिहानै रु तीन लाख मूल्य बराबरको धनमाल चोरी भएको छ ।

सो बस्तीका ८० वर्षीय श्रीनारायण साहका घरबाट आज बिहान ४ बजे नगद र सुनचाँदीका गहना र सिक्कासहित रु तीन लाख मूल्यको धनमाल चोरी भएको हो । घरमा एक्लै बस्दै आएका ८० वर्षीय साह बिहान उठेर शौच गर्न बस्ती बाहिरको पोखरी डिलतर्फ गएको मौका छोपी घर पसेको चोरले दराज फोेरेर रु ७० हजार, तीन तोला सुनका गहना र केही चाँदीका पुराना सिक्कासहित रु तीन लाख मूल्यको धनमाल गुटमुट्याएर लगेको छ ।

घटनास्थलको अवलोकन गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय लोहारपट्टीले जनाएको छ । साहु महाजनी (नगद जिन्सी लगानी गर्ने पेसा) कारोबार गर्दै आएका साहसँग धरौटी राख्न ल्याइएको सुनचाँदी रहेको र एक दिन पहिलेमात्र ऋणीले बुझाएको रकम बैंकमा पु¥याउन नपाएको थाहा पाएको नजिककै मान्छे चोरीमा संलग्न भएको हुन सक्ने साहका छिमेकी लट्टु ठाकुरले बताउनुभयो ।

प्रकाशितः २०७३ भदौ ४

वि.सं.२०७३ भदौ ४ शनिवार १०:५० मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...